नदेखिने भए विप्लव ! मंसिर ८ को जनसभालाई प्रकाण्डले सम्बोधन गर्ने

काठमाडौं, मंसिर २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते स‌ंघीय राजधानीमा गर्न लागेको जनसभा र प्रदर्शनलाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सम्बोधन गर्ने भएका छन् ।

राज्य पक्षले पक्राउ गर्न सक्ने सूचना पाएपछि उक्त कार्यक्रममा महासचिव विप्लव भने नआउने भएका छन् । नेकपाले यसअघि विप्लवलाई संघीय राजधानीमा उतारेर शक्ति प्रदर्शनको तयारी गरेको थियो ।

याे पनि पढ्नुस  एलएमजी र एम–१६ सहित विप्लवका कार्यकर्ता पक्राउ

तर, अन्तिम समयमा आएर नेकपाका प्रवक्ता प्रकाण्ड र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहितको उपस्थितिमा आइतवार काठमाडौंमा भएको बैठकले महासचिव विप्लवलाई उपस्थित नगराउने निर्णय गरेको हो ।

विप्लव नआउने भएपछि नेकपाले जनसभाको तयारी पनि त्यही अनुसार गरिरहेको छ । स्रोतका अनुसार विप्लवको साटो यसअघि पक्राउ परेर रिहा भएका प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने पक्का पक्की भएको छ।

याे पनि पढ्नुस  विप्लव निकट प्राध्यापकको केन्द्रीय समिति चयन, हेर्नुस् को–को छन् समितिमा ?

नेकपाले प्रचारप्रसार तीव्र पार्न केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, प्रकाश डुम्रे, भीमप्रसाद चापागाईं र मोहन खतिवडासहितको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिसकेको छ ।

राजधानीमा हुने जनसभालाई पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने भएका छन् । त्यसैगरि सभामा आगामी रणनीतिबारे पार्टीको धारणा पनि उनले सार्वजनिक गर्ने बताइएको छ। अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्