Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सशस्त्रका जवानको शव १८ दिनपछि फेला

बझाङ, मंसिर २ । सेती नदीमा बगेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान राजेन्द्र बुढाको शव आइतबार फेला परेको छ । उनको शव १८ दिनपछि फेला परेको हो । नदीले उनलाई कार्तिक १५ गते नुहाउने बेला बगाएको थियो ।

आइतबार दिउँसो बुढा बेपत्ता भएकै स्थानमा स्थानीयले तैरिरहेको अवस्थामा शव फेला पारेका थिए । शव फेला पारेसँगै पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: