Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालमा पनि प्यूजोको इलेक्ट्रीक कार, हेर्नुस् मूल्य र विशेषता

काठमाडौं, मंसिर २ । नेपाली बजारमा पछिल्ला दिनमा इलेक्ट्रीक कार आउने क्रम बढेसँगै प्यूजोको ‘पाटर्नर टीपी’ समेत नेपाल प्रवेश गरेको छ । नेपालको लागि फ्रेन्च अटो कम्पनी प्यूजोको आधिकारीक वितरक सांग्रिला मोटर्सले ‘पाटर्नर टीपी’लाई नेपाल ल्याएको हो ।

कम्पनीले यसको मूल्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । ५ सिटर क्षमतामा उपलब्ध यो गाडीको मूल्य ६० लाख रुपैयाँ निर्धारण गरिएको छ । बिक्री–वितरण गर्न आवश्यक सरकारी प्रक्रिया पूरा गर्ने क्रममा रहेको कम्पनीले अबको केही दिनपछि बिक्री सुरु गर्नेछ ।

फ्रान्सबाट आयात गरिएकोे पाटर्नर टीपीमा २२।५ किलोवाट आवर क्यापासीटीको लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ । जसले एकपटको फुल चार्जमा १७० किलोमिटर माईलेज दिने कम्पनीले जनाएको छ ।

यसमा रहेको र्यापिड चार्जिङ्ग पोइन्टको सहायताले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । यस प्रयोग भएको ४९ किलोवाट मोटरले ६७ बीएचपी पावर तथा २०० एनएम–टर्क उत्पादन गर्छ ।

सन् २०१७ को जेनेभा मोटर शोमा पहिलोपटक प्रदर्शनी गरिएको यो गाडी लिजर एक्टिभीटी भेहिकल (एलएभी) को नामले समेत यो मोडललाई चिनिन्छ । यसको बुट स्पेस १३५० लिटरको रहेका छ भने पछाडिको सीट फोल्ड गरेमा ३ हजार लिटरको बिसाल बुट स्पेस उपलब्ध हुनेछ ।

यसको टेलगेट ठूलो रहेको छ, जसले ठूला कार्गो पनि सजिलै ओसार–प्रसार गर्न सकिन्छ । यसमा भ्यानको जस्तै स्लाइडिङ्ग ढोका दिइएको छ । जसको कारण पछाडि सिटको प्यासेन्जर सजिलै चढ्न र ओर्लन सक्नेछन् । यसको पछाडि रोमा रहेको तिनैवटा सिटहरु छुट्टाछुट्टै फोल्ड गर्न मिल्ने रहेको छ । यसको हाईटसमेत निकै अग्लो रहेको छ ।

नेपालमा ईभी

तेस्रो मुलुकबाट आयात भएको पहिलो इलेक्ट्रीक भेहिकल कियाको सोल हो । डिजाइन र पफर्मेन्समा अब्बल रहेको सोल–ईभी नेपाली बाटोमा १०० वटाभन्दा बढी गुडिरहेका छन् । चाईनिज ईभी कम्पनी बीवाईडीका गाडीहरु पनि नेपाली बाटामा बाक्लै देखिनथालेका छन् । अझ सरकारी निकायका राष्ट्रपति, मुख्यमन्त्री, उर्जामन्त्री तथा उच्चपदस्थ कर्मचारीका कार्यालयहरुले यो गाडीको प्रयोग गरेसँगै ईभीप्रति नेपाली बजारमा विश्वास बढ्दै गएको देखिन्छ ।

विगत एक दशकभन्दा अगाडिदेखि रेभा हुँदै महिन्द्राको ईटुओ पनि निकै राम्रो बिक्री भइरहेको छ । कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले गत नाडा अटो शोमा इलेक्ट्रीक भेहिकल आयोनिक तथा फ्रेन्च अटो निर्माता रेनोको जोइको प्रदर्शनसँगै नेपाली बजारमा तेस्रो मुलुकमा निर्माण भएका अत्याधुनिक नयाँ नयाँ इलेक्ट्रिक भेहिकलहरु भित्रिरहेका छन् । -मेरोअटोबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: