Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाली युवाको माग बढाउँदै कोरिया

काठमाडौं, मंसिर ३ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ । कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो ।

कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया पठाएको छ । कोरिया सरकारले आगामी बर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ ।

सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि सन् २०१८ मा रोजगार आवेदन दिएका ८ हजार मध्ये लगभग ४ हजार युवाको नाम रोष्टर रोजगार योग्य सुचीमा राख्न कोरिया पठाएको हो । कारोवार दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: