Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

काठमाडौं, मंसिर ३ । सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ ।

सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनी विक्रि गरेका थिए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति ७८ रुपैयाँमा बिक्री गरेको फेला पारेको थियो । कारोबार दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: