Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शहरमा मर्निङ वाक खतरापूर्ण !

काठमाडौं, मंसिर ३ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् ! बाहिरी प्रदुषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ ।

त्यसैले दूषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । बढ्दो वायु प्रदुषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. ढुण्डिराज पौडेलको सुझाव छ ।

सास फेर्दा थुलोधुवाँका कण असर पुग्छ, उनले भने, ‘ठूला कण श्वासप्रश्वास नलीमा अडकन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् ।’ २.५ माईक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् । फोक्सोबाट रक्तसञ्चार प्रणालद्धारा मुटु, मिर्गौला, छालालगायत अंगमा असर पुग्छ, डा. पौडेलले भने । अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: