Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आधार इलाकामा प्रकाश दाहाल !

जीतेन्द्र पुन । भनिन्छ “छोटो जीवनको लामो यात्रा” थोरैको हुन्छ । उनै हजार माइलका एक यात्री प्रिय प्रकाश दाहाल उनले नेपाली समाजको आमुल रुपान्तरणको यात्राभित्र दुःखका दिनहरु भोगे, जनयुद्धमा मृत्युलाई हत्केलामा राखेर जनमुक्ति सेनासँगै जनआधार किल्लामा मार्च गरे । हो, पक्कै उनीले दुःखसँग थुप्रै सुखको सुखानुभूति पनि साट्न जाने । आखिर युवा अवस्थामै सगरमाथाको उचाइ चुमेर हामीमाझ बिदा भए ।

पार्टीको हेडक्वार्टर क. प्रचण्ड लगायत नेतृत्वको सुरक्षा जिम्मा मध्यकमाण्डको जनमुक्ति सेनाको सैन्य हेडक्वार्टर तथा केन्द्रीय प्रतिस्थानले लिएको थियो । म सैन्य हेडक्वार्टरको कम्युनिकेशन तथा इन्टिलिजेन्ट विभागको काममा हु“दा प्रकाश दाहाल ‘साकार’ दाईस“ग मेरो पहिलो भेट २०६१ श्रावणमा आफ्नै बस्ती रोल्पाको राङ्सीमा भएको थियो ।

प्रकाश दाहाल वा साकारलाई सम्झनुपूर्व वर्गीय मुक्ति आन्दोलनको त्यो अध्याय, जतिबेला राज्य र विद्रोही शक्तिबीच आक्रमण र प्रत्याक्रमणको घमाशान लडाइँ जारी थियो । पार्टीका शीर्ष नेताहरु आधार इलाका प्रवेश भएका थिए ।

पार्टीको हेडक्वार्टर क. प्रचण्ड लगायत नेतृत्वको सुरक्षा जिम्मा मध्यकमाण्डको जनमुक्ति सेनाको सैन्य हेडक्वार्टर तथा केन्द्रीय प्रतिस्थानले लिएको थियो । म सैन्य हेडक्वार्टरको कम्युनिकेशन तथा इन्टिलिजेन्ट विभागको काममा हु“दा प्रकाश दाहाल ‘साकार’ दाईस“ग मेरो पहिलो भेट २०६१ श्रावणमा आफ्नै बस्ती रोल्पाको राङ्सीमा भएको थियो ।

हेडक्वार्टरको जनयुद्धकालीन सचिवालय वास्तवमा उनले एक्लै चलाउन सक्षम थिए । आधार क्षेत्रमा रहँदा उनी पूर्ण रुपले व्यस्त रहन्थे । सञ्चारका साधनहरु सुचारु राख्ने र हेडक्वार्टरमा रहेर शीर्ष नेता र कमाण्डहरुको भेटघाटको समय मिलाउने काम प्रकाशले नै व्यवस्थित गर्दथे ।

कमाण्डर पासाङको प्रत्यक्ष कमाण्डमा हेडक्वार्टरको शक्तिशाली सुरक्षा घेरा तयार भयो । दोस्रो र तेस्रो घेरा त हुने नै भए । क. मिलन, म, क. प्रविण, क. विश्व, क. संवेग, क. वृतान्त, क. विराट, क. चेतन, क. हासिल लगायत ११ जनाको अंग रक्षकहरुको भित्री घेरामा म करीब २ वर्ष अध्यक्ष प्रचण्डस“ग बिताए“ । कामको गोपनियता र आवश्यकतामा कहिलेकाहीँ हामी बाहिर पनि निस्किनुपथ्र्यो, जुन समय कम्ति स्मरण योग्य रहेन ।

कहिले हामी फुन्तिवाङ, कहिले लावाङ हुन्थ्यौं । बाह्रबुदे समझदारी हुनुपूर्व हामी चुनवाङमा थियौं । हामी अध्यक्ष र क. लालध्वज, (डा. बाबुराम भट्टराई) लगायतका शीर्ष नेतास“गको ‘वान टु वान मिटिङ’मा पनि कुद्यौं, जहा प्रकाश हामीस“गै रहन्थे ।
उनले पार्टी केन्द्रको डकुमेन्ट टाइप अनि प्रिन्ट गर्दथे । हेडक्वार्टरको जनयुद्धकालीन सचिवालय वास्तवमा उनले एक्लै चलाउन सक्षम थिए । आधार क्षेत्रमा रहँदा उनी पूर्ण रुपले व्यस्त रहन्थे । सञ्चारका साधनहरु सुचारु राख्ने र हेडक्वार्टरमा रहेर शीर्ष नेता र कमाण्डहरुको भेटघाटको समय मिलाउने काम प्रकाशले नै व्यवस्थित गर्दथे ।

धेरै हतियारबारे उनको सामान्य ज्ञान मात्र नभई चलाउने दक्षता पनि थियो । व्यक्तिगत रुपमा मेरो सम्बन्ध अति नै सौहार्द रह्यो । मेरो काम सेना अनि प्रहरीको सञ्चार सेटबाट हुने सूचनाको विश्लेषण र टिपोट, ‘कोड डी कोड’ हुन्थ्यो ।

कमाण्डरहरु कब्जा गरेको हतियार लिएर अध्यक्ष कहाँ भेट्न आउँथे । हामीसँग कहिल्यै राम्रा हतियारको कमी रहेन । कमाण्डरहरुले नयाँ हतियारबारे हामीलाई जानकारी गराउँथे, प्रकाशको पनि चासो हुन्थ्यो । धेरै हतियारबारे उनको सामान्य ज्ञान मात्र नभई चलाउने दक्षता पनि थियो ।

व्यक्तिगत रुपमा मेरो सम्बन्ध अति नै सौहार्द रह्यो । मेरो काम सेना अनि प्रहरीको सञ्चार सेटबाट हुने सूचनाको विश्लेषण र टिपोट, ‘कोड डी कोड’ हुन्थ्यो । सुरक्षा चुनौति भएमा हेडक्वार्टरलाई जानकारी गराउँथे । अनि प्रकाश दाई हेडक्वार्टरको डकुमेन्ट तयार गर्ने हुँदा कहिलेकाहीँ कम्यूटर, ल्यापटब हामीसँगै चलाउँथ्यांै पनि ।
सँगै हाँसखेल, अनि उठेको, बसेको र थुप्रै यात्राभित्रका मीठा नमीठा पलहरु आज आएर स्मरण हुन्छन् । परिवर्तकारी युद्धमा उनको सहभागिता नरहेको कुनै ठाउँ नै छैन । बाह्रबुँदे समझदारीपछि शान्तिपूर्ण राजनीतिक सङ्क्रमणमा पनि पार्टी हेडक्वार्टरलाई प्रकाशको निरन्तर साथ रह्यो ।

२०६२÷६३ को जनआन्दोलन र बृहत शान्ति सम्झौता, २०६४ को संविधान सभाको पहिलो चुनाव अनि राजतन्त्रको अन्त्य । २०७० को संविधान सभाको दोस्रो चुनावमार्फत् सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ जारी हुँदाको बखतसम्म देशमा ठूलो राजनीतिक परिवर्तन आयो । काठमाडौं आएपछि प्रकाश दाइसँग मेरो दैनिक भेटघाट अलि पातलो रह्यो । तर, बेलाबखतको राजनीतिक र पारिवारिक जमघटमा हाम्रो भेट हुन्थ्यो ।

पछिल्लो समय मैले उनमा अलि निरासपन महशुस गरेको थिएँ । मैले उनको निराशपनलाई कम गर्न भनेको पनि थिएँ । मैले भनेको थिएँ, “उच्च हावा, उच्च शिखरमा बहन्छ । सबै अवसरवादी र प्रतिक्रियावादीहरुले आक्रमण गर्छन् । तर, निरास नहुनू, लड्नुको विकल्प छैन । परिणाम ल्याउनुको विकल्प छैन । राज्य संयन्त्रहरुलाई समय दिनू, कामका आधारमा विश्वास गर्नू ।

अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्री कार्यकालमा उनको खटाई र त्यो जिम्मेवारी बहन देख्दा अचम्म लाग्थ्यो । उनले कहिलेकाहीँ मलाई पनि समय दिन्नथे । अति जरुरी काम विशेषले भेट हँुदा मप्रतिको मायाभाव प्रकट गरेर भन्थे, ‘‘फेमस, दलालहरु पछि लाग्छन्, के गर्ने काममा नखटी भा छैन ।” म त्यस्ता कुराबारे अति नै संवेदनशील छु भन्ने उनलाई राम्ररी थाहा थियो ।

पछिल्लो समय मैले उनमा अलि निरासपन महशुस गरेको थिएँ । मैले उनको निराशपनलाई कम गर्न भनेको पनि थिएँ । मैले भनेको थिएँ, “उच्च हावा, उच्च शिखरमा बहन्छ । सबै अवसरवादी र प्रतिक्रियावादीहरुले आक्रमण गर्छन् । तर, निरास नहुनू, लड्नुको विकल्प छैन । परिणाम ल्याउनुको विकल्प छैन । राज्य संयन्त्रहरुलाई समय दिनू, कामका आधारमा विश्वास गर्नू । अनि परिणाम आउँछ, निराश हुने छुट हामीलाई छैन ।’’

अध्यक्षको दोस्रो कार्यकालमा भएको सकारात्मक प्रगति, विकास निर्माणको रफ्तार र कुटनीतिक कुशलतामा पक्कै पनि केन्द्रीय नेतृत्वसँगै प्रकाशको पनि मेहेनत मिसिएको छ । त्यही मेहेनतले हामीजस्ता देशप्रेमी, समृद्ध राष्ट्र निर्माणको चाहना राख्ने युवाहरुको मन छोयो । अन्ततः उनी हामी सबैको ढुकढुकी बनेर बिदा भए ।

अन्ततः अध्यक्षको कार्यकाल सफल भयो । अध्यक्षको दोस्रो कार्यकालमा भएको सकारात्मक प्रगति, विकास निर्माणको रफ्तार र कुटनीतिक कुशलतामा पक्कै पनि केन्द्रीय नेतृत्वसँगै प्रकाशको पनि मेहेनत मिसिएको छ । त्यही मेहेनतले हामीजस्ता देशप्रेमी, समृद्ध राष्ट्र निर्माणको चाहना राख्ने युवाहरुको मन छोयो । अन्ततः उनी हामी सबैको ढुकढुकी बनेर बिदा भए ।

२०७४ मंसिर १ गते म पनि आफ्नो कार्य क्षेत्रबाट संयोगले काठमाडौं आएको थिएँ । उही पूरानो सम्झना भनेजस्तै अल्पायुमै उहाँको शवयात्राको अभागी यात्री बन्नुपर्यो । यो कसरी भयो ? आजसम्म विश्वास गर्न सकिरहेको छैन । आज हामीजस्ता लाखौं युवा प्रकाश दाइको अभाव महशुस गरिरहेका छौं, हार्दिक श्रद्धाञ्जली दाजु प्रकाश दाहाल ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: