Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सम्झनामा प्रकाश: एक परिपक्व युवा नेता

रमेश मल्ल

संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो । पार्टीको सम्पुर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो । पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिम सहित पश्चिम नेपालबाट क्रमशः पूर्वतिरका कार्यक्रममा सरिक हुँदै हुनुहुन्थ्यो । पार्टीका सिनियर नेताहरु देशबाहीरका कार्यक्रममा सरिक हुन सम्भव नभएकोले समाजवादी पार्टी अफ बंगलादेशको निम्तोमा पार्टीको प्रतिनिधित्व गर्दै युवराज चौलागाई र म ढाका पुगेका थियौं । महान अक्टुबर क्रान्तिको सतवार्षिकीको अवसरमा एसपिबिले ढाकामा दुई दिवसीय अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको थियो ।

अघिल्लो दिन ढाकाको प्रमण्डलस्तरिय आन्तरिक अन्र्तक्रिया र नारायणगन्ज जिल्लाको भेटघाट कार्यक्रम, यी दुबै कार्यक्रम सकेर विश्रामस्थलमा फर्किदा करिब रातको दुई बजिसकेको थियो । साँझ अबेरसम्मको कार्यक्रमको चापले विहान निद्रा ढिला खुल्यो । काठमाडौंबाट भतिज लेखराज शाहको फोनले गर्दा व्युँझायो । घडिमा सात बजेको थियो ।

उनले प्रकाश दाहालको ह्रदयघात भएको र नर्भिक हस्पिटलमा पुर्याइएको खबर सुनाए । म आत्तिए र युवराज चौलागाईलाई उठाए र खबर सुनाएँ । उहाँलाई पनि मलाई झैं यो खबर पत्याउन कठिन भयो ।

काठमाडौंमा अरु स्रोतहरुबाट खबरको आधिकारिकता बुझ्ने प्रयास थाल्यौं । क्षणभरमै फेसबुकका भित्ताहरु रंगीईसकेका थिए । अनलाईन र टेलिभिजनको ब्रेकिङ न्युज प्रकाश दाहाल रहेनन, अलविदा प्रकाश दाहाल, समाचारको स्क्रिनबाट आँखा निकालें, आफुलाई सम्हाल्न गाह्रो भयो । बाथरुम पसें । युवराज जी पनि मसँग बोल्न नसकेर एकोहोरो बन्नु भएको थियो ।

हामी गम्भीर शोक र पीडासहित भौतिक रुपमा ढाकाको कार्यक्रम हलमा थियौं तर सम्पुर्ण दृष्टि नर्भिक हस्पिटल, पेरिसडाँडा र पशुपति आर्यघाटमा केन्द्रित भइरह्यो । साथीहरु शोक सागरको दृष्य लाइभ गरिरहेका थिए, मोबाईलको स्क्रिनमा हेर्न कठिन थियो । ढाकाको कार्यक्रम हलमा बगेको शोकाँश्रु आज सम्झँदा पनि सम्हालिन गाह्रो हुन्छ ।

फेसबुकमा एउटा स्टाटस लेखें । शब्द धेरै व्यक्त गर्न सकिनँ । आयोजकलाई भनेर काठमाडौं फिर्ता हुने टिकट खोज्न लगायौं, भेटिएन । आफैंले काठमाडौंमा सम्पर्क गर्यौं, संभव भएन । एसपीबिका कमरेडहरुको योजना अनुसार उक्त औपचारिक कार्यक्रममै कमरेड प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरियो ।

हामी गम्भीर शोक र पीडासहित भौतिक रुपमा ढाकाको कार्यक्रम हलमा थियौं तर सम्पुर्ण दृष्टि नर्भिक हस्पिटल, पेरिसडाँडा र पशुपति आर्यघाटमा केन्द्रित भइरह्यो । साथीहरु शोक सागरको दृष्य लाइभ गरिरहेका थिए, मोबाईलको स्क्रिनमा हेर्न कठिन थियो । ढाकाको कार्यक्रम हलमा बगेको शोकाँश्रु आज सम्झँदा पनि सम्हालिन गाह्रो हुन्छ ।

हामी माझबाट प्रिय कमरेड साकार दाहाल प्रकाश भौतिक रूपमा विदा भएको पनि एक वर्ष पूरा भइसकेको छ । उनको अनुपस्थितिमा आज जति पनि राजनीतिक परिवर्तन भएका छन, उनको यो सपना थियो, जुन उनले आफ्नै आँखा अगाडि देख्न पाएनन । सायद आज प्रकाश भएको भए, एकताको यो प्रक्रियाले अलि बढि गति लिन्थ्यो होला ।

नेताहरुबीचमा संवादको वातावरण अझ बढि सहज र सरल हुन्थ्यो होला । पार्टी कार्यालय र अध्यक्षको सचिवालयको काममा बढी सहजता र सरलता हुन्थ्यो होला । नेतृत्वको पारिवारिक तनावको त कुरै नगरौं, एक सबल योद्धा, जिम्मेवार सदस्य, एक जिम्मेवार बाबु, श्रीमान, पारिवारीक दायीत्व काँधमा बोकेको छोरा, भातृत्वको भावना र मातृत्वको मुटुको टुक्रा जसको अभावमा अध्यक्षको परिवार कसरी गुज्रिरहेको छ मसँग व्यक्त गर्ने कुनै शब्द छैन । यो क्षति वर्तमानको भोगाई मात्र होइन, कम्युनिष्ट आन्दोलनमा भविष्यको यात्रामा भएको एक महशुस गर्न सकिने धक्का हो ।

उनले मलाई सम्बोधन गर्दा सधैं दाई भनेर शुरु गर्थे । दाई तपाई कता हो ? के छ सिंहदरबारतिर ? बुवाले कुरा गर्न खोज्नुभएको छ ? विद्यार्थीको के छ ? निर्वाचनमा त्यहाँ के हुन्छ ? ल बुवासँग कुरा गर्नुस रे ? दाई ल आईहाल्नुस त बुवाले खोज्नुभएको छ । लगायतका विभिन्न संवाद मात्र होइन, “दाई अब हाम्रो अगाडि अन्तिम अवसर छ कि गर या मर ।

यसपालि त जस्तोसुकै चुनौती सामना गरेर हामी सफल हुनै पर्छ । यो पार्टीको लागि, नेतृत्वको लागि र हाम्रो वर्गको लागि पुन लयमा फर्कने अवसर हुन सक्छ । व्यक्तिगत चाहनाहरुलाई फेरी एकपटक सुलीमा नचढाई सफल बनिँदैन दाई ।”

एक परिपक्व राजनैतिक कार्यकर्ताको रुपमा उनको प्रस्तुति कम मुल्यवान थिएन । विद्यार्थी संगठनको मुल नेतृत्वको टिममा आएपछि र मुलतः संगठनको मुख्य नेतृत्व सम्हाले पछि अध्यक्ष र उहाँको सचिवालयसँगको सम्वन्धमा बढी निकट भएँ ।

विद्यार्थी मोर्चाको अध्यक्षबाट विदाई भएको सातौं दिनमात्र बितेको थियो, कमरेड अध्यक्ष देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुग्नुभयो । प्रधानमन्त्रीको यो चुनौतीपूर्ण यात्राको एक सदस्य भएर जिम्मेवारी सम्हाल्ने अवसरकै सिलसिलामा कमरेड प्रकाशसँग बढी निकट रहेर काम गर्ने अवसर जुटेको हो ।

कमरेड प्रकाश सामान्य परिवारमा जन्मे, संघर्षपुर्ण आँधिमय दिनहरू छिचोल्दै आफुलाई आमुल परिवर्तनको क्रान्तिकारी अभियानको सारथी बनाए । सर्वहारा हेडक्वार्टरको रक्षार्थ व्यक्तिगत जीवनलाई तिलाञ्जली दिए ।

पार्टीभित्र र बाहिरका सबै खाले गलत प्रवृतिसँग चनाखो भएर संर्घषमा खरो उत्रिए । मान्छे हुनुको नाता उनले कतिपय मानविय कमजोरीका बाबजुद ती कमजोरीबाट सबक सिक्दै अघि बढेका थिए ।

प्रकाश आफै भन्थे, “विचौलियाको विगविगी भएको आजको समाजमा विचौलियाहरु पहुँचवाला नेतृत्व र आफन्तको फुर्को समातेर भित्र पस्न खोज्छन, चनाखो हुनुपर्छ, यीनले हामीलाई डुबाउँछन ।” यो उनको राजनीतिक परिपक्वताको द्योतक थियो ।

जतिबेला उनी हाम्रा बीचबाट अस्ताए, म दावाका साथ भन्न सक्छु, उनी समान्य मान्छे मात्र थिएनन । उनीसँग जीवन र जगतलाई बुझ्ने र बदल्ने नयाँ चेत र जाँगर थियो । त्यसलाई समायोजन गर्ने कौशलता थियो । समाजका विभिन्न अवयवहरुसँगको उनको घुलनशिलता मुलतः युवाहरुबीचमा उनको उपस्थिति एक उदीयमान विम्ब बनेर खडा हुदै थियो । उनी अध्यक्षको पारिवारिक जीवनमा मात्र होइन राजनीतिक जीवनमा समेत सारथीको रुपमा खडा हुँदै थिए । उनका जीवनका झाँकीबारे यहाँ धेरै भनिरहनुपर्देन होला ।

जब म प्रधानमन्त्रीको टिममा रहेर काम गरिरहेको थिए । प्रधानमन्त्री दोश्रोपटक भएपनि हाम्रो टिमभने पहिलो पटकको र काँचै थियो । हामी सबै सिकारु नै थियौं । हामीले सहज कार्यविभाजन गर्यौं । देशलाई नयाँ सन्देश दिनु थियो, विश्वासको । राजनीतिका थुप्रै प्रश्नहरुको काम गरेर उत्तर दिनु थियो । कार्यविभाजन अनुसारको काम गर्ने मियो प्रकाश नै बन्न पुगे ।

रातदिन नभनी प्रधानमन्त्रीसँग साथमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्वन्धका मुद्दाहरु डिल गर्नुपर्ने काम चानचुने थिएन । सायद प्रकाश जी नभएको भए व्यवहारिक कोणबाट हेर्दा यो सम्भव थिएन । उनले नै यो सब भूमिका पुरा गरे । विभिन्न कवच लिएर गलत मनसायका साथ प्रधानमन्त्री कार्यालय वा निवासमा छिर्ने मान्छेको कमि थिएन ।

त्यसबाट प्रधानमन्त्री र उनको टिमलाई बचाउने कुरा पनि चानचुने विषय थिएन । आफ्नै नजिकका देखि पहुँचवाला राजनैतिक नेतृत्व किन नहुन त्यस्तो मनसाय छ भन्ने आँकलन गरि ढोका बन्दको नीति अख्तियार गर्ने कुरामा प्रकाश कठोर बन्न तयार भए । प्रकाश आफै भन्थे, “विचौलियाको विगविगी भएको आजको समाजमा विचौलियाहरु पहुँचवाला नेतृत्व र आफन्तको फुर्को समातेर भित्र पस्न खोज्छन, चनाखो हुनुपर्छ, यीनले हामीलाई डुबाउँछन ।” यो उनको राजनीतिक परिपक्वताको द्योतक थियो ।

मैले कमरेड प्रकाशको बारेमा मेरो पुस्तक छिमेक यात्रामा उल्लेख गरेको छु कि, “उनी नभएको भए हाम्रो सचिवालय र प्रधानमन्त्रीको सफलतामा धेरै ठुलो अभाव रहन्थ्यो होला । ”

पत्रकारिता क्षेत्र कुनै बेला उनको कटु आलोचक थियो । प्रधानमन्त्री कार्यालयमा हुँदा धेरैले त्यो सम्बन्ध प्रधानमन्त्रीको लागि बाधा बन्छ कि भन्ने आशंका गरेका थिए । तर हामीले धेरै समय कुर्न परेन ।

उनको सहज सम्बन्ध सञ्चालनको प्लेटफर्ममा देशका ठुला मिडियादेखि श्रमजीवी पत्रकारहरुको समुह केन्द्रीत भई रचनात्मक सहयोगको मोर्चामा उभियो । सत्ता पक्षदेखि प्रतिपक्षसम्मका उच्चस्तरिय नेतृत्वदेखि देशका विद्धत वर्गको सहज सुचना आदान प्रदान र सम्बन्ध सञ्चालनमा उनी धेरै काविल देखिए ।

परराष्ट्र सम्वन्ध संचालनमा पनि उनले आफ्नो बुवा र देशको प्रधानमन्त्रीलाई राम्रो साथ र हात दिए । तसर्थ मैले कमरेड प्रकाशको बारेमा मेरो पुस्तक छिमेक यात्रामा उल्लेख गरेको छु कि, “उनी नभएको भए हाम्रो सचिवालय र प्रधानमन्त्रीको सफलतामा धेरै ठुलो अभाव रहन्थ्यो होला । ” आज उनी छैनन र हामीलाई त्यही अभाव खड्किरहेको छ ।

बुवाको सहयोगीमात्र होइन, सल्लाहकारको भूमिकामा उठिसकेको एक जिम्मेवार कमरेडको अभाव पार्टी अध्यक्षकोमा पक्कै होला । यसलाई पूरा गर्न भएका साथीहरु सफल हुनुहुनेछ । उनका योगदानबाट हामीले सिक्नेछौं, यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: