Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अर्थ समितिको बैठक स्थगित

काठमाडौँ, मङ्सिर ३ ।

प्रतिनिधिसभा अर्थ समितिको सोमबार बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थिति सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो ।

पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९ः३० बजेसम्म ९ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो ।

बैठकमा सहभागी हुन अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीका साथै अन्य सरोकारवाला मन्त्रालयका सचिव र उच्च पदस्थ अधिकृत बिहान ९ बजेअघि नै उपस्थित भइसकेका थिए । न्यूनतम उपस्थिति सङ्ख्या नपुगेर स्थगन भएपनि विशेष कारण परेकाले दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन गर्नुपरेको सूचना समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: