ठेकेदारको लापर्वाहीले धारापानी सिँचाइ योजना अलपत्र

भीमदत्तनगर, मङ्सिर ३ ।

निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ ।

सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समयसीमा दुईपटक थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । दोस्रो पटक काम गर्न थप गरिएको समय सकिएर ८ महिना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ ।

“आशिष कन्ट्रक्सनलाई दोस्रोपटक काम सक्ने गत फागुन १० गतेसम्म म्याद दिइएको थियो”, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत इञ्जीनियर ग्रिष्मा ठगुन्नाले भने, “कार्यालयबाट पनि मौखिक र लिखितरुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आएनन् ।”

याे पनि पढ्नुस  इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसँग २०७२ असार २५ गते रु चार करोड १५ लाखका सम्झौता भएको इञ्जिनियर ठगुन्नाले जानकारी दिए ।

“सुरुवातमा सम्झौता गर्दा विसं २०७३ असोज महिनासम्मको म्याद थियो”, उनले भने, “तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो ।” दुवै म्याद सकिएको आठ महीना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखितरुपमा ताकेता गरिएको थियो ।

“निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तानसमेत भइसकेको छ” ठगुन्नाले भने, “४० प्रतिशत काम अझै गर्न बाँकी नै छ ।” केही दिनअघिमात्रै निर्माण कम्पनीका सञ्चालक टेकबहादुर सेटी सम्पर्कमा आएको कार्यालयको भनाइ छ ।

याे पनि पढ्नुस  बिना मगरलाई यसकारण जिताउनुपर्छ कञ्चनपुर १ बाट

सो क्षेत्रको ३०० हेक्टर जमीनमा सिँचाइ पुग्नेगरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन् । “ठेकेदारले नहर बनाउन ल्याएका सामानसमेत धारापानी क्षेत्रमा अलपत्र छन् ।” दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भने, “नहरमा पानी बग्ने बेला कामसमेत पूरा नहुनु राम्रो कुरो होइन ।” दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको उक्त सिँचाइ योजनाको कामको जिम्मा पाएको भीमदत्तनगरस्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ ।

पृथ्वी महरा जेभीले रु एक करोड २० लाखबढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो । खानेपानीको समस्यासमेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौँदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन् । “बस्तीको उत्तर चुरेमा रहेको धारापानी मुहानबाट सिँचाइ गाउँमा पु¥याउन रकम त आएकै हो”, स्थानीय भट्टले भने, “हामीले निर्माण व्यवसायीलाई बारम्बार सम्पर्क गर्दा पनि टेरेनन् ।”

याे पनि पढ्नुस  खानेपानी मन्त्रीकाे बिराेध गर्न खाेज्दा झडप, कांग्रेसद्वारा नेकपा कार्यकर्तामाथि हातपात

उनले मूल नहर निर्माणसँगै सिँचाइ पु¥याउन बनाउनपर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताए । पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उनले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गरे । रासस

कमेन्ट गर्नुहोस्