Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एयरपोर्टमा रणवीर बने दीपिकाको लागि रक्षा कवच

रणवीर सिंह आफ्नो नवदुलही दीपिका पादुकोणलाई लिएर इटालीबाट मुम्बई फर्किएका छन् ।

नवविवाहित जोडी बिहान ८ बजे मुम्बई एयरपोर्टमा रेड एण्ड क्रिम रङको पहिरनमा हातमा हात राखेको देखिन आएको छ । दीपिकाले यसैबेला सिउँदो सिन्दूर, गलामा मंगलसुत्र र रातो घुम्तोले ढाकेकी थिइन् ।

त्यहीँ रणवीर एयरपोर्टमा श्रीमतीलाई फोटोग्राफर र फ्यानहरुबाट बचाइरहेका थिए । रणवीरले दीपिकालाई भीडबाट बचाउनका लागि आफ्नो अँगालोमा लिएर उनको रक्षक बनेका थिए । जसबाट उनले लगातार बचाइरहेका थिए ।

यतिमात्र होइन, नवविवाहित जोडी रणवीर र दीपिका एकअर्कामा निकै हट देखिएका थिए । रणवीर श्रीमती दीपिकालाई लगातार हेरिरहेका थिए । दुवैजना पुरै समय एक अर्काको हात समाइरहेका थिए ।

बताएअनुसार, नवजोडी एयरपोर्टमा फ्यानको साथ केही तस्वीरहरु पनि खिचाएका थिए । पुरै सय रणवीरले दीपिकालाई हात समाएर बाहिर ल्याए । भाष्करदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: