Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मङ्सिर ५ दखि ८ गतेसम्म नेत्रहीन क्रिकेट प्रतियोगिता सुरु

विराटनगर, मङ्सिर ३ ।

नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रंगशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुभन आर्मी क्लब सहभागी हुने संघका केन्द्रीय अध्यक्ष पवन घिमिरेले सोमबार यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए । विश्व नेत्रहीन क्रिकेट परिष्दको नेत्रहीन क्रिकेट खेल नियमअनुसार टि–२० ढाँचामा खेल खेलाइने छ ।

यस वर्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने सङ्घका अध्यक्ष घिमिरेले बताए । प्रतियोगिता सञ्चालन गर्न करीब रु सात लाख ५० हजार खर्च हुने बताइएको छ ।

उद्घाटन खेल झापा र बर्दियाबीच हुने कार्यक्रम तय भएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: