Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पालुङटारमा नेवाः घरबास

गोरखा, मङ्सिर ३ ।

पालुङटार नगरपालिका–५ ठाँटीपोखरीको जौवारी टोलमा पहिलोपटक लिगलिग पालुङटार नेवाः घरबास सञ्चालनमा आएको छ ।

ठाँटीपोखरी नेवाः देय् दबुले नेवार समुदायको ७ घरमा घरबासको सुरुवात गरेको हो ।

नेवाः देय् दबुका अध्यक्ष धनप्रसाद श्रेष्ठका अनुसार पालुङटार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘घर साझेदारी गरौँ, खुशी बाडौैँ’ नाराका साथ घरबासको अवधारणा ल्याइएको हो । नेवाः घरबासमा आउने पर्यटकले बेलुकी नेवारी परिकारसहितको खाना, बिहानको खाजा र एकरात बास बस्नका लागि प्रतिव्यक्ति रु ९०० तिर्नुपर्ने छ । “पर्यटकले नेवारी संस्कृतिका बारेमा जान्न पाउनेछन्,” श्रेष्ठले भने ।

घरबास सञ्चालन गर्न नेवाः देय् दबुले ‘लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी’सँग सहकार्य गरेको छ । घरबासको आम्दानीमध्ये स्थानीय समुदायले ८० प्रतिशत तथा इन्भेस्टमेन्ट कम्पनी र ठाँटीपोखरी नेवाः देय् दबुले १०-१० प्रतिशत लिने सहमति भएको सो कम्पनीका सञ्चालक किरण गिरीले बताए । “पाहुनाको आगमनसँगै घरबासलाई प्रवद्र्धन र विकास गर्दै लैजाने योजना छ,” उनले भने । घरबास सञ्चालन गर्न स्थानीय नेवार समुदायलार्ई विभिन्न नेवारी कला, संस्कृति तथा परिकार बनाउने तालीम दिइने छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: