Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्ड भन्छन्– आफू मरेर पनि प्रकाशले पार्टी र आन्दोलनलाई जिताएर गयो

पुष्पकमल दाहाल ‘प्रचण्ड’ । देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो ।

धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि झन् प्रवल बन्दै गइरहेको थियो । कम्युनिष्ट आन्दोलन र बहुदलका पक्षधर नेता, कार्यकर्ता र समर्थक जनतामाथि धरपकड, दमन र राज्य आतङ्क कथित जनमत संग्रहपछि पनि बढ्दै गइरहेको थियो ।

त्यतिबेला कम्युनिष्ट आन्दोलनमा सक्रिय युवा कार्यकर्ताहरु भएकै कारण मलाई गिरफ्तार गर्ने प्रयासमा पुलिस प्रशासनले पटक–पटक घर खानतलासी गर्ने, पुस्तक पत्रपत्रिकादेखि मेरा पढाइका सर्टिफिकेट र नागरिकताको प्रमाण–पत्रसमेत कब्जा गर्ने तथा मेरा पिता मुक्तिराम दाहाललाई छोरा नबुझाए मार्ने धम्कीसमेत दिइने गरेकाले परिवारमा आतङ्कको स्थिति थियो ।

अयोध्या प्लेनमका रुपमा चर्चित त्यो बैठकबाट कार्यक्षेत्रमा फर्कने क्रममा मलाई साथीहरुले घरमा छोरा जन्मिएको समाचारसहित बधाई दिएपछि मात्र मैले त्यो खबर थाहा पाएको थिएँ । देशको यही राजनीतिक परिवेश र परिवारको यही वातावरणमा २०३८ साल अषाढ १७ गते चितवन भीमसेन नगरपालिकामा प्रकाश दाहालको जन्म भएको हो ।

२०३८ सालको जनमत संग्रहपछि म आफू पूर्ण रुपले भूमिगत र पूर्णकालीन रुपमा पार्टी काममा सक्रिय भइरहेको थिएँ । पार्टीको एक ऐतिहासिक केन्द्रीय बिस्तारित बैठकमा सहभागी हुन म पहिलोपटक भूमिगत रुपले नै भारतको अयोध्यामा गएको थिएँ ।

अयोध्या प्लेनमका रुपमा चर्चित त्यो बैठकबाट कार्यक्षेत्रमा फर्कने क्रममा मलाई साथीहरुले घरमा छोरा जन्मिएको समाचारसहित बधाई दिएपछि मात्र मैले त्यो खबर थाहा पाएको थिएँ । देशको यही राजनीतिक परिवेश र परिवारको यही वातावरणमा २०३८ साल अषाढ १७ गते चितवन भीमसेन नगरपालिकामा प्रकाश दाहालको जन्म भएको हो ।

प्रकाशभन्दा अगाडि ज्ञानु, रेणु र गङ्गाका रुपमा तीन छोरीहरु ८, ५ र ३ वर्ष उमेरका मात्र थिए । पार्टी कामको आवश्यकता र परिवारका अन्य सदस्यहरुलाई राज्य आतङ्कबाट सुरक्षित राख्नुपर्ने आवश्यकता माथिसमेत ध्यान दिई २०४८ सालको पञ्चायतविरोधी आन्दोलन र चर्चित बमकाण्डपछिको वातावरणमा अंशवण्डासहित मेरो परिवार नारायणगढको क्षेत्रपुरमा बसाई सर्यो ।

नारायणगढको सुगमताका कारण देशभरिका पार्टी नेता र कार्यकर्ताहरुको केन्द्रीकरण र उनीहरुको विशेष सहयोग, सदभाव र प्रेमका साथ प्रकाशको बचपन पार्टीकै बच्चाका रुपमा बित्दै गयो । स्वभावैले त्यो परिवेशले प्रकाशका लागि स्वतः राजनीतितिर आकर्षित र प्रशिक्षित बन्ने अवसर दियो ।

देशभरिका नेता, कार्यकर्ताहरुको निरन्तर आवत–जावत, भेला, बैठकहरुको तीब्रता तथा अभाव र गरिबीको निकै चर्को दवावका बीचमा प्रकाश दाहालको प्रारम्भिक शिक्षा नारायणगढकै बालकुमारी विद्यालयमा आरम्भ गरियो । प्रकाश दाहाल बालककालमा अत्यन्त सोझो, इमान्दार र लजालु स्वभावका हुनुका साथै बुबा–आमा र ठूलाबडाले अह्राएको काम तत्परताका साथ पूरा गर्ने चरित्रका थिए ।

नारायणगढको सुगमताका कारण देशभरिका पार्टी नेता र कार्यकर्ताहरुको केन्द्रीकरण र उनीहरुको विशेष सहयोग, सदभाव र प्रेमका साथ प्रकाशको बचपन पार्टीकै बच्चाका रुपमा बित्दै गयो । स्वभावैले त्यो परिवेशले प्रकाशका लागि स्वतः राजनीतितिर आकर्षित र प्रशिक्षित बन्ने अवसर दियो ।

उपरोक्त पृष्ठभूमिमा प्रकाशको पहिलो स्वतःस्फूर्त राजनीतिक सक्रियता २०४६ सालको ऐतिहासिक जन–आन्दोलनको बेला पञ्चायतका विरुद्ध बजारबाट पार्टीका झण्डा बटुलेर घरमा ल्याएर गाड्ने र पुलिस–प्रशासनलाई चुनौति दिने रुपमा देखियो ।

मावली घरमा रहेर पढिरहेकी माइली छोरी रेनुबाहेक ज्ञानु, गङ्गा र प्रकाश २०४६ सालदेखि ललितपुरकै एक सामुदायिक विद्यालयमा भर्ना गरिए । र, त्यहीँ पढ्न थाले । अर्धभूमिगत रुपमा रहेको पार्टी नेतृत्वका लागि आवश्यक पर्ने साना–तिना व्यवहारिक कार्यमा निकै सक्रियता र तत्परताका साथ काम गर्नु प्रकाशको २०४८ देखि २०५२ सालसम्मको झण्डै दिनचर्या बन्न गयो ।

८÷९ वर्षको बच्चा भए पनि पञ्चायतविरोधी आन्दोलनमा कुनै न कुनै रुपमा उनको सहभागिता रहि नै रह्यो । जनआन्दोलनको सफलताका रुपमा ३० वर्षे पञ्चायतको अन्त्य र बहुदलको स्थापनापछिको उत्साहको वातावरणले प्रकाशलाई पार्टी र आन्दोलनप्रति एवं बुबाले समातेको बाटोप्रति अझ गहिरो विश्वाससहित उत्साह थपिँदै गयो ।

२०४६ सालको ऐतिहासिक जन–आन्दोलनको सफलतापछि पार्टीको महामन्त्रीका हैसियतले विभिन्न कम्युनिष्ट समूहहरुका बीचमा पार्टी एकताका लागि गरिएको पहलको परिणामस्वरुप तात्कालीन ने.क.पा. (मशाल), ने.क.पा. (चौ.म.), सर्वहारावादी श्रमिक संगठन र ने.क.पा. (मसाल) मिलेर ने.क.पा. (एकता केन्द्र) गठन भयो ।

ने. क.पा. (एकता–केन्द्र) को पनि म महासचिव निर्वाचित भएपछि पार्टीकै आवश्यकता र निर्णयअनुसार हाम्रो परिवार २०४६ सालमा ललितपुरको सौगलस्थित निरञ्जन गोविन्द वैद्यको घरमा रहेको पार्टी कार्यालयमै रहने गरी बसाई सर्यो ।

२०४९ सालमा हाम्रो बसाई सौगालबाट ललितपुरको कुम्भेश्वरमा (पार्टीका तत्कालीन एक मात्र जीवित संस्थापक क. नरबहादुर कर्माचार्यको विशेष संरक्षणमा रहने गरी) सारियो । क. नरबहादुर कर्माचार्य र उहाँका परिवारका सबै सदस्यहरुको विशेष पे्रम, सद्भाव र सहयोगका कारण हाम्रो कुम्भेश्वर बसाई पनि विशेष सुखमय र फलदायी रह्यो ।

मावली घरमा रहेर पढिरहेकी माइली छोरी रेनुबाहेक ज्ञानु, गङ्गा र प्रकाश २०४६ सालदेखि ललितपुरकै एक सामुदायिक विद्यालयमा भर्ना गरिए । र, त्यहीँ पढ्न थाले । अर्धभूमिगत रुपमा रहेको पार्टी नेतृत्वका लागि आवश्यक पर्ने साना–तिना व्यवहारिक कार्यमा निकै सक्रियता र तत्परताका साथ काम गर्नु प्रकाशको २०४८ देखि २०५२ सालसम्मको झण्डै दिनचर्या बन्न गयो ।

२०४९ सालमा हाम्रो बसाई सौगालबाट ललितपुरको कुम्भेश्वरमा (पार्टीका तत्कालीन एक मात्र जीवित संस्थापक क. नरबहादुर कर्माचार्यको विशेष संरक्षणमा रहने गरी) सारियो । क. नरबहादुर कर्माचार्य र उहाँका परिवारका सबै सदस्यहरुको विशेष पे्रम, सद्भाव र सहयोगका कारण हाम्रो कुम्भेश्वर बसाई पनि विशेष सुखमय र फलदायी रह्यो ।

नरबहादुर कर्माचार्यले प्रकाशलाई सानो भएकाले विशेष माया गर्ने, ठ्टटा–मजाक गरेर हसाउने, बजार घुम्न लिएर जाने, मीठो मीठो खाजा खुवाउने गरेका कारण प्रकाशको क. नरबहादुर कर्माचार्य र उहाँको सिङ्गै परिवारप्रति विशेष सम्मानपूर्ण अनुराग रहन गएको थियो ।
२०५१ सालको मध्यवधि निर्वाचनको बहिस्कारपश्चात् पार्टी सम्पूर्ण रुपले जनयुद्धको तयारीमा केन्द्रित भएको थियो । तयारीको यो समग्र प्रक्रियामा अनिश्चयको आशङ्कामिश्रित रोमाञ्चकारी सहभागिता सिङ्गो परिवारको रहेको थियो ।

क्रान्तिप्रतिको निष्ठा एवं म र मेरो परिवारप्रतिको प्रेम र विश्वासका कारण क. नरबहादुर कर्माचार्यले औपचारिक रुपमा एउटै पार्टीमा नरहे पनि गोपनियता र सुरक्षा बनाई राख्न निकै ठूलो र ऐतिहासिक सहयोग गरिरहनुभयो ।

१३÷१४ वर्षको बालक प्रकाश भने तयारीको यो समग्र प्रक्रियालाई नजिकबाट बडो उत्साहका साथ नियालिरहेको सजिलै बुझ्न सकिन्थ्यो । जनयुद्धको पहल गर्ने दिन नजिक आउँदै जाँदा आकस्मिक रुपमो हाम्रो परिवार कुम्भेश्वर छोडेर भूमिगत रहन अन्यत्र सर्यौं । कुम्भेश्वरमा क. नरबहादुर कर्माचार्यलाई मात्र आकस्मिक रुपले हामी कहाँ र किन सर्यौं भन्ने जानकारी थियो ।

क्रान्तिप्रतिको निष्ठा एवं म र मेरो परिवारप्रतिको प्रेम र विश्वासका कारण क. नरबहादुर कर्माचार्यले औपचारिक रुपमा एउटै पार्टीमा नरहे पनि गोपनियता र सुरक्षा बनाई राख्न निकै ठूलो र ऐतिहासिक सहयोग गरिरहनुभयो । यो प्रेम र विश्वास पछिल्लो पार्टी एकता हुँदै मृत्युपर्यन्त क. नरबहादुर कर्माचार्यले कायम राख्नुभयो । हाम्रो सिङ्गो पार्टी र परिवार उहाँको यो मानवीयताप्रति उच्च सम्मान र श्रद्धा राख्दछ ।

प्रकाश ३÷४ वर्षको हुँदासम्म म भूमिगत रुपमा मिलाएर मात्र गाउँको घरमा जाने गर्दथें । घरमा गएको बेला बुबा फेरि गइहाल्छ कि भनेर प्रकाश भने खाना खाएर बाहिर चुठ्न जाँदासमेत मेरो हात छोड्दैनथ्यो । म बाहिर जाने थाहा पाएमा रुनु, कराउनु र पछि लाग्नु उसको विशेषता नै थियो । यसै क्रममा एकपटक तीन वर्षको नहुँदै मैले उसलाई लिएर भारतको नौतनवामा क. मोहन बिक्रम सिंहसँगको भूमिगत बैठकमा गएको थिएँ । राति उठेर ऊ रुन थालेपछि क. मोहन बिक्रम सिंहले केरा दिएर फकाई, फुल्याई सुताएको घटना मेरा लागि अविस्मरणीय रहेको छ ।

जनयुद्धको प्रारम्भिक दिनमा छोराछोरीलाई ललितपुरबाट सारेर काठमाडौं एक सामुदायिक विद्यालयमा भर्ना गरियो । केही महिना पढाई गरेपछि प्रायः विद्यालयहरुमा ‘दाहाल’ थर भएका विद्यार्थीहरुमाथि पुलिस प्रशासनको निगरानी बढ्न थाल्यो ।

चितवन रहँदासम्म मिलाएर घरमा आउने जाने प्रक्रिया काठमाडौं सरेपछि अन्त्य भएको थियो । ललितपुरमा रहँदाको करीब ६÷७ वर्ष परिवार प्रायः सँगै रहने वातावरण बन्यो । तर, जब जनयुद्धको पहल गरियो, तब फेरि एकपटक परिवार छोराछोरीसँगको भेट पनि दुर्लभजस्तै हुन थाल्यो । जनयुद्धको पहलसँगै परिवार पनि भूमिगत हुनुपर्ने अवस्था आयो ।

जनयुद्धको प्रारम्भिक दिनमा छोराछोरीलाई ललितपुरबाट सारेर काठमाडौं एक सामुदायिक विद्यालयमा भर्ना गरियो । केही महिना पढाई गरेपछि प्रायः विद्यालयहरुमा ‘दाहाल’ थर भएका विद्यार्थीहरुमाथि पुलिस प्रशासनको निगरानी बढ्न थाल्यो ।

प्रकाश, गङ्गा पढिरहेको नयाँ स्कूलमा पनि सोधपुछ हुन थालेपछि सुरक्षाको दृष्टिले परिवारका सदस्यहरुलाई पनि पूर्ण रुपले भूमिगत लैजानपर्ने अवस्था देखा पर्न थाल्यो । ठूली छोरी ज्ञानुको विवाह जनयुद्धको अन्तिम तयारीकै समयमा गरि सकिएको थियो । पढ्दै गरेका दुई छोरी रेनु र गङ्गाको विवाह पार्टीको निर्णयअनुसार २०५३ साल माघमा एकै दिन गरियो ।

सुरक्षा र अन्य व्यवहारिक पक्षलाई पनि ध्यान दिएर प्रकाशलाई अध्ययनका लागि माइली दिदी रेनुसँग राख्ने निर्णय गरियो । रेनुको विवाह भारत प्रवासमा काम गर्ने पार्टीका एक जिम्मेवार नेता टेक बहादुर पाठकका छोरा अर्जुन पाठकसँग गरिएको थियो । त्यतिबेला क. टेक बहादुर पाठक भारत पञ्जाबको जलन्धरकै एक बैंकमा काम गर्नुहुन्थ्यो । र, जलन्धरमा उहाँको एउटा सानो घर पनि थियो । यो सबै पक्षलाई विचार गरी प्रकाशलाई जलन्धरकै एक विद्यालयमा भर्ना गरियो । त्यहीबाट उसले मेट्रिक पास गरेर इन्टरमिडिएटसम्म अध्ययन गर्ने अवसर जुर्यो।

जनयुद्ध निकै तीब्र गतिमा विकसित भइरहेको थियो । जनमक्ति सेनामा भर्तीको क्रम पनि बढिरहेको थियो । यस परिस्थितिमा स्वभाविक रुपले प्रकाशमा पनि पूर्णकालीन बन्ने, जनमुक्ति सेनामा भर्ती हुने र लडाइँको मोर्चामा जाने ईच्छा तीब्र बनेर आयो ।

यसबीचमा जनयुद्ध निकै तीब्र गतिमा विकसित भइरहेको थियो । जनमक्ति सेनामा भर्तीको क्रम पनि बढिरहेको थियो । यस परिस्थितिमा स्वभाविक रुपले प्रकाशमा पनि पूर्णकालीन बन्ने, जनमुक्ति सेनामा भर्ती हुने र लडाइँको मोर्चामा जाने ईच्छा तीब्र बनेर आयो । करीब २० वर्षको उमेरमा प्रकाशलाई जनसेनामा भर्ती गरी आधारभूत तालिम दिने कार्य सम्पन्न गरियो । प्रकाश अब कलेजको होइन, जनमुक्ति सेनाको एक योद्धामा रुपान्तरित भइसकेको थियो ।

यता पार्टी हेडक्वार्टरको सुरक्षा, सञ्चार व्यवस्थापन र अन्य कामहरु निकै नै जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको थियो । त्यो अवस्थामा पार्टी हेडक्वार्टर र जनमुक्ति सेनाको हेडक्वार्टर (जसमा अध्यक्षपछि नन्दकिशोर पुन ‘पासाङ’ प्रमुख हुनुहुन्थ्यो) को निर्णयअनुसार प्रकाशलाई हेडक्वार्टरकै सुरक्षामा खटाउने निर्णय गरियो । यो निर्णयप्रति प्रकाश त्यति धेरै खुसी भने थिएनन् ।

उनको ईच्छा युद्धमोर्चामा नै सहभागी हुने थियो । तर, एक बफादार योद्धाका नाताले निर्णय पालन गरी हतियार बोकेर हेडक्वार्टरको सुरक्षामा आफ्नो हिस्साको ड्युटी पालना गर्न भने प्रकाशले कुनै कसर बाँकी राखेनन् । यस प्रकारको सुरक्षा जिम्मेवारीबाहेक सञ्चार व्यवस्था लगायत कार्यालय व्यवस्थापनमा प्रकाशको निकै ठूलो सहयोग रहेको थियो । प्रकाशको सक्रिय योगदानको अभावमा हेडक्वार्टरको कार्यसम्पादन जुन गुण र स्तरको रह्यो, त्यो सम्भव नै थिएन ।

विवाहपश्चात् पनि पार्टी र आन्दोलनका काममा उनीहरुको सक्रियता बढी नै रह्यो । १२ बुँदे समझदारी एवं शान्ति प्रक्रियाको तयारीको क्रममा नेपाली कांग्रेसका तात्कालीन सभापति गीरिजाप्रसाद कोइराला र ने.क.पा. (एमाले) का तात्कालीन महासचिव माधव काुमार नेपालसँग नियमित र जीवन्त सम्पर्क सम्बन्ध बनाउने काममा प्रकाशको निकै जोखिमपूर्ण र असाधारण भूमिका रहेको छ ।

यसरी पार्टी हेडक्वार्टरमा काम गरिरहेको सिलसिलामा नै प्रकाशको पार्टीका अर्का बरिष्ठ नेता र मेरा एक घनिष्ट सहयोद्धा क. पोष्टबहादुर बोगटीको छोरी प्रभा बोगटीसँग चिनजान, भेटघाट र छलफल कामकै सन्दर्भमा बढ्दै गइरहेको थियो ।

कतिपय साथीहरुको सुझाव समेतका आधारमा पोष्टबहादुर र मेरो परिवार समेतको सल्लाहमा प्रकाश र प्रभा सहमत भई जनयुद्धको अन्तिम चरणतिर भूमिगत रुपमा नै उनीहरुको विवाह भयो । विवाहपश्चात् पनि पार्टी र आन्दोलनका काममा उनीहरुको सक्रियता बढी नै रह्यो । १२ बुँदे समझदारी एवं शान्ति प्रक्रियाको तयारीको क्रममा नेपाली कांग्रेसका तात्कालीन सभापति गीरिजाप्रसाद कोइराला र ने.क.पा. (एमाले) का तात्कालीन महासचिव माधव काुमार नेपालसँग नियमित र जीवन्त सम्पर्क सम्बन्ध बनाउने काममा प्रकाशको निकै जोखिमपूर्ण र असाधारण भूमिका रहेको छ ।

रोल्पा, रुकुमका गाउँबस्तीबाट होओस् वा भारतका विभिन्न शहरबाट त्यस प्रकारको नियमित र जीवन्त सम्पर्क बनाउन प्राविधिक दक्षतासहित साहसपूर्ण पहलले गर्दा १२ बुँदे समझदारी कायम गराउन अदृष्य रुपमा प्रकाशको भूमिका अविस्मरणीय रहन गयो । १९ दिनको ऐतिहासिक जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म पनि प्रकाशको भूमिका सुरक्षा, सञ्चार र कार्यालय व्यवस्थापनका दृष्टिले सम्वेदनशील र जिम्मेवारपूर्ण रहिरह्यो ।

प्रकाश मानसिक तनावको स्थितिमा रहेको र बेला बेलामा अस्वाभाविक रुपले रक्सी सेवन गर्ने हुँदा घर, परिवार र पार्टी हेडक्वार्टरमै तनावको स्थिति बन्न थाल्यो । यसको सबैभन्दा ठूलो चिन्ता र पीडा आमालाई पर्नु स्वभाविक थियो । प्रेम विवाह र सम्वन्ध बिच्छेदको प्रक्रियाबारे यसै पुस्तकमा रहेको प्रकाशको संक्षिप्त जीवनीमा चर्चा गरिएको छ ।

शान्ति प्रक्रियामा आइसकेपछि मात्र प्रकाशको आमा सीतामार्फत् मलाई थाहा भयो कि प्रकाश र प्रभाको बीचमा कुनै शारीरिक सम्बन्ध हुन सकेको छैन । भित्रभित्रै त्यसको तनावमा प्रकाश परिरहेको रहेछ ।

त्यो तनावपूर्ण स्थितिको अन्त्य गर्न मेरो र पोष्टबहादुर बोगटीको परिवार आपसी सल्लाहमा नै प्रकाश र प्रभा दुवैको असल साथी बन्ने तर दाम्पत्य जीवनको अन्त्य गर्ने मागअनुसार पार्टीले सम्बन्ध बिच्छेदको स्वीकृति दियो । त्यसपछि पनि प्रकाश मानसिक तनावको स्थितिमा रहेको र बेला बेलामा अस्वाभाविक रुपले रक्सी सेवन गर्ने हुँदा घर, परिवार र पार्टी हेडक्वार्टरमै तनावको स्थिति बन्न थाल्यो । यसको सबैभन्दा ठूलो चिन्ता र पीडा आमालाई पर्नु स्वभाविक थियो । प्रेम विवाह र सम्वन्ध बिच्छेदको प्रक्रियाबारे यसै पुस्तकमा रहेको प्रकाशको संक्षिप्त जीवनीमा चर्चा गरिएको छ ।

स्मरण रहोस्, मैले र मेरो परिवारले पहिलो संविधान सभापछि एकैसाथ पार्टीभित्र तीब्र अन्तरसङ्घर्ष र विभाजनको खतरा, सरकारभित्र नागरिक सर्वोच्चताका लागि उत्पन्न जटिल परिस्थिति र परिवारभित्र उपरोक्त प्रकारको तनावपूर्ण स्थितिको सामना ग¥यो । संविधान सभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा पार्टी अन्तरसङ्घर्षको टुङ्गो विभाजनबाट हुन गयो, सरकारभित्रको जटिलता मेरो राजीनामाबाट र घरभित्रको तनाव प्रकाशको पूर्नविवाह र अनुशासनको कार्वाहीबाट हुन पुग्यो ।

पछिल्लो चरणमा प्रकाशलाई सकारात्मक वातावरण र हौसला प्रदान गर्ने कुरामा बीना मगरको निकै नै महत्वपूर्ण भूमिका रह्यो । यसैबीचमा प्रकाश र बीनाका तर्फबाट प्रणव दाहालको जन्म भयो र स्थिति क्रमशः सामान्यीकरण हुँदै गयो ।

कार्वाही अवधिमा समेत प्रकाशले जसरी अनुशासनमा रही पार्टी, आन्दोलन, देश र जनताकै पक्षमा आफूलाई उभ्याइरहे, त्यसबाट परिवन्दले जे–जस्तो समस्याको सामना गर्नु परे पनि प्रकाशभित्र आफैंलाई सम्हाल्ने र सच्याउने असीम साहस रहेछ भन्ने तथ्य देखियो । पछिल्लो चरणमा प्रकाशलाई सकारात्मक वातावरण र हौसला प्रदान गर्ने कुरामा बीना मगरको निकै नै महत्वपूर्ण भूमिका रह्यो । यसैबीचमा प्रकाश र बीनाका तर्फबाट प्रणव दाहालको जन्म भयो र स्थिति क्रमशः सामान्यीकरण हुँदै गयो ।

यहाँसम्म आइपुग्दा प्रकाशमा निकै ठूलो परिपक्वता आइसकेको थियो । प्रकाशको त्यो परिपक्वताको सकारात्मक परिणाम सर्वत्र देखिन थाल्यो । पार्टी हेडक्वार्टरको सचिवका रुपमा पुनः जिम्मेवारी पाएपछि उसले प्रचार, प्रसार र सञ्चारको क्षेत्रमा, कार्यालय व्यवस्थापनको काममा, देशभित्र र बाहिर युवाहरुसँग सम्बन्ध बिस्तार गर्ने र परिचालन गर्ने काममा, खेलकूद क्षेत्रमा समेत प्रकाशको सक्रियता र दक्षता अभूतपूर्व र असाधारण रुपमा देखा पर्यो । वास्तवमा दोस्रो प्रधानमन्त्रीत्व कालमा जति सकारात्मक पहलहरु भए, तिनमा प्रकाशको यो परिपक्वता, सक्रियता र दक्षताको निकै ठूलो भूमिका रहेको थियो ।

३६ वर्षकै उमेरमा अनेक उतारचढाव, कमजारी, आलोचना र जोखिमको सामना गर्दै प्रकाशले जसरी देश, जनता, पार्टी र आन्दोलनका लागि आफूलाई उभ्याइरहे, यो सामान्य कुरा होइन । पछिल्लो चरणमा पार्टी एकताको वातावरण निर्माण गर्न तथा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन प्रकाश समर्पित भएर लागेको अवस्था थियो ।

प्रकाशको आकस्मिक निधनबाट देश, विदेशमा शोकको लहर फैलियो । लाजिम्पाट, नर्भिक अस्पताल, पेरिसडाँडा र आर्यघाटसम्म स्वतस्फूर्त रुपमा जनसागर उर्लिएर जसरी शोक यात्रामा सहभागिता भयो, यसबाट हामीले सोचेको, जानेको भन्दा बढी नै जन–विश्वास प्रकाशले आर्जन गरेको तथ्य प्रमाणित भइरहेको थियो ।

म निर्वाचन अभियानका सन्दर्भमा के.पी. शर्मा ओलीको निर्वाचन क्षेत्रमा सम्वोधन गर्न झापा गएको थिएँ, आमा सीता र छोरा प्रकाश मात्र लाजिम्पाटमा थिए । साँझमा सीतासँग कुरा पनि भएको थियो र स्थिति सबै सामान्य थियो । तर, बिहानै ५ बजे झापाकै बिर्तामोडमा ‘मर्निङ वाक’मा निक्लन लाग्दा एक्कासी हृदयघातका कारण प्रकाशको निधन भएको खबर प्राप्त भयो ।

प्रकाशको आकस्मिक निधनबाट देश, विदेशमा शोकको लहर फैलियो । लाजिम्पाट, नर्भिक अस्पताल, पेरिसडाँडा र आर्यघाटसम्म स्वतस्फूर्त रुपमा जनसागर उर्लिएर जसरी शोक यात्रामा सहभागिता भयो, यसबाट हामीले सोचेको, जानेको भन्दा बढी नै जन–विश्वास प्रकाशले आर्जन गरेको तथ्य प्रमाणित भइरहेको थियो ।

अन्ततः यही नै प्रकाशले देश र जनताप्रति, पार्टी र आन्दोलनप्रति गरेको योगदानको केन्द्रीकृत अभिव्यक्ति थियो । आफू मरेर पनि प्रकाशले पार्टी र आन्दोलनलाई जिताएर गएको बलियो प्रमाण थियो । प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकाबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: