Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारत: फ्याक्ट्रीमा भएको आगलागीमा ४ को मृत्यु

नयाँ दिल्ली, मङ्सिर ३ ।  भारतको राजधानी दिल्लीको करोल बाग क्षेत्रमा एउटा फ्याक्ट्रीमा भएको आगलागीबाट कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ ।

करोल बाग अन्तर्गत बीडनपुरा भन्ने ठाउँमा स्थानीय समय अनुसार सोमबार करिब १२ बजे आगलागी सुरु भएको थियो ।  उक्त घटनामा निकै मानिस घायल भएको र दमकलहरू आगो नियन्त्रणमा लागेको बताइएको छ ।

केही अपुष्ट समाचारहरूमा फ्याक्ट्री भित्र केमिकल चुहिएर आगो लागेको भनिएको भए पनि यसको पुष्टि भएको छैन । घटनाको विस्तृत विवरण भने आउन् बाँकी रहेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: