Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बसले साइकललार्इ ठक्कर दिँदा एक विद्यार्थीको निधन

राजापुर, मङ्सिर ३ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुर बाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको सोमबार घटनास्थलमै मृत्यु भएको छ ।

कालीकोटबाट टीकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थी निर्मला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: