प्रकाशको सम्झनामा वृहत रक्तदान कार्यक्रम

चितवन, मंसिर ३ । स्व. प्रकाश दाहाल (साकार) को प्रथम स्मृति दिवसको अवसरमा चितवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । तत्कालीन माओवादी केन्द्र र एमाले निकट ४ संस्था मिलेर चितवनमा प्रकाश दाहाल स्मृति प्रथम खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

याे पनि पढ्नुस  हार जित ठूलो कुरा होइन, निर्वाचन सम्पन्न भो त्याे ठूलो हो : प्रधानमन्त्री प्रचण्ड

रक्तदान कार्यक्रममा १२ जना महिलासहित १ सय ३ जनाले रक्तदान गरेका अखिल (क्रान्तिकारी) केन्द्रीय निर्वाचन आयोग सचिव प्रकाश कडेँलले जानकारी दिए ।

नेपाली राजनीतिमा फरक पहिचान बनाएका प्रकाशले देखेको सपना अनुसार पार्टी एक भएपछि आफूहरु सबै एकजुट हुँदै कार्यक्रम गर्न पाउँदा खुसीलागेको केन्द्रीय निर्वाचन आयोग सचिव कडेँलले बताए ।

याे पनि पढ्नुस  चितवनमा च्यातिएका मतपत्र काठमाडौं ल्याइदै

वाईसीएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी चितवनद्वारा संयुक्तरूपमा लायन्सचोक नारायणगढमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको एक समारोहकाविच नेकपाका केन्द्रिय सदस्य इश्वरी भट्टराईले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला नेता तेजेन्द्रकुमार खड्का विशेष अतिथि रहेका थिए । सो अवसरमा वाईसीएल चितवनका जिल्ला इन्चार्ज मधु न्यौपानेले रक्तदान गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

कमेन्ट गर्नुहोस्