Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

समयमै एम्बुलेन्सको मर्मत हुन नसक्दा सेवाग्राही मर्कामा

महोत्तरी, मङ्सिर ३ ।

महोत्तरीका विभिन्न स्वास्थ्य संस्थामा रहेका एम्बुलेन्स बिग्रिएको महिना बित्दा समेत मर्मत हुन सकेको छैन । समयमै मर्मत नहुँदा सेवाग्राही प्रत्यक्ष मर्कामा पर्दै आएका छन् ।

सरोकारवाला निकायले मर्मतका लागि समयमै पहल नगरेपछि बिरामीको लागि अतिआवश्यक एम्बुलेन्स स्वास्थ्य संस्थाको कुनामा आफैँ थला परेर राखिएका छन् । महँगो दरमा खरीद गरी ल्याएको एम्बुलेन्स बिग्रिँदासमेत मर्मततर्फ न त स्थानीय सरकारले ध्यान दिएका छन् न त जिल्ला स्वास्थ्य कार्यालयले नै । यसबाट बिरामीलाई उपचार गराउन बाहिर लैजान समस्या हुने गरेको छ ।

यहाँका बिरामीलाई उपचार गर्न बाहिर पठाउँदा महँगो भाडामा गाडीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको गौशालाका व्यवसायी नागेन्द्र साहले बताए । सरकारी भाडादर कम र सहज हुने हुँदा एम्बुलेन्स बिरामीको पहिलो रोजाइ भएपनि जिल्लाका विभिन्न स्थानमा एम्बुलेन्सको अभावमा निजी सवारी साधनको व्यवस्थापन गर्न अधिक समय खर्च भएपछि कतिपयको अकालै ज्यान जाने गरेको साहको भनाइ छ ।

जिल्ला जनस्वास्थ्यका गिरेन्द्र झाले बिग्रिएको एम्बुलेन्सको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए । स्वास्थ्य संस्थाहरूले एम्बुलेन्स लिने तर बिग्रिएको बारे कुनै जानकारी नगराउने प्रवृत्तिका कारण महीनौँ बित्दासमेत एम्बुलेन्स थन्किएर बस्नुपरेको अवस्था छ ।

जिल्ला स्वास्थ्य कार्यालय र महोत्तरी रेडक्रसमा दर्ता हुने एम्बुलेन्सको सङ्ख्या २८ रहेको छ । जसमध्ये १० वटा एम्बुलेन्स विगत एक वर्षदेखि कामै नलाग्ने गरी महिनादेखि बिग्रिएर थन्किएका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: