Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोरखा र धादिङका स्थानीयबीच कुटाकुट हुँदा प्रहरी घाइते

 

धादिङ, मंसिर ३ । धादिङ र गोरखा जिल्लाका दुई समुहबीच एकादशी मेलामा भएको झगडामा प्रहरी समेत घाइते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा दुई जिल्लाका स्थानीयबीच आइतबार राति झडप भएको हो ।

आइतबार राति एक बजेतिर एकादशीको मेलामा गएका धादिङ र गोरखाका स्थानीयहरुबीच ढुंगा र भाटा हानाहान भएपछि झगडा छुट्याउन गएका प्रहरी घाईते भएका हुन् । धादिङका असई विनयकुमार पाण्डे घाईते भएको धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेको उनको काठमाडौंमा उपचार भइरहेको छ ।

धादिङ र गोरखाको गरी १० जनाको प्रहरी टिमलाई मेला परिसरमा सुरक्षाका लागि खटाइएको धादिङ प्रहरीले जानकारी दिएको छ । झडपमा ४ वटा बोलेरो र ६ वटा मोटरसाइकल तोडफोड भएको छ ।

गोरखातर्फको दुईवटा बोलेरो र ४ वटा मोटरसाइकल र धादिङतर्फको २ वटा बोलेरो र २ वटा मोटरसाइकलमा तोडफोड भएको ज्वालामुखी गाउँपालिका ५ का वडाअध्यक्ष कृष्ण काप्रीले जानकारी दिए । इमेजखबरबाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: