Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपा माओवादी (क्रान्तिकारी)को सिङ्गै जिल्ला कमिटी नेकपामा गाभियो

लमजुङ, मङ्सिर ३ । नेकपा माओवादी (क्रान्तिकारी) को सम्पूर्ण जिल्ला कमिटी र देशभक्त पार्टीका सचिव सहित २९ जनाको टोली नेकपामा प्रवेश गरेको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबर्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश गरेको हो ।

नेकपाले राष्ट्र विकासका लागि थालेको अभियानमा साथ दिँदै अघि बढ्ने उद्देश्यले नेकपामा प्रवेश गरेको क्रान्तिकारीका तत्कालीन अध्यक्ष गौलीले बताए ।
पार्टी प्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका र खादा लगाएर पार्टी प्रवेश गराउँदै विभिन्न सानातिना दलमा रहेर समय बर्बाद गर्नुभन्दा समयमै मूल धारमा प्रवेश गरेर राष्ट्रिय समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गरे ।

यही मङ्सिर १५ गतेभित्र जिल्लाका नगर तथा गाउँपालिकाभित्र रहेका नेकपाका संयन्त्र निर्माण गरी प्रदेशमा विवरण समयमा नै पठाउन उनले जिल्ला कमिटीलाई निर्देशन दिए ।  गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारीले नवप्रवेशीलाई उपयुक्त जिम्मेवारी दिइने बताए । रासस

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: