Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रकाश र ज्ञानु दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने

ललितपुर, मंसिर ३ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) का लोकप्रिय युवा नेता एवं अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ ।

सोमबार प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा दाहाल निवास खुमलटरमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिष्ठान स्थापनाको तयारी भइरहेको जानकारी दिएका हुन्।

उनले छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए। प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, अनुसन्धान लगायतका क्षेत्रहरुमा काम गर्ने बताए।

स्मृतिसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका थिए । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मारिका विमोचन गरेका थिए ।

स्मृति सभामा कांग्रेस सभापति शेरबहादुर देउवा,नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,राजपा अध्यक्ष मण्डल महन्थ ठाकूर,राप्रपाका अध्यक्ष कमल थापा लगायतले श्रदाञ्जली अर्पण गरेका थिए। प्रकाश दाहालको गत वर्ष मंसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: