Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धनगढीमा उद्यमशिलता सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै

धनगढी, मंसिर ३ । कैलालीको धनगढीमा अन्तराष्ट्रिय स्तरको उद्यमशिलता सम्वन्धी सम्मेलन हुने भएको छ । धनगढी उप(महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन मार्फत मंसिर ६, ७ र ८ गते धनगढीको सुभश्री प्यालेशमा सम्मेलन हुने जानकारी दिएको हो ।

धनगढी उपमहानगरपालिका र किंग्स कलेजको साझेदारीमा सम्मेलन हुन गैरहेको नगरप्रमुख नृपबहादुर वडले बताए । उनले भने, ‘तीन दिन सम्म चल्ने सम्मेलनमा बिभिन्न देशका सफल उद्यमी र स्थानीय सफल उद्यमीले प्रस्तुतीकरण गर्ने छन् ।’ यो सम्मेलन यस क्षेत्रको उद्यमशिलताको विकास तथा प्रवद्र्धनका लागि गरिन लागेको पनि नगरप्रमुख वडले बताए ।

सम्मेलन यस प्रदेशमा अहिले सम्मकै पहिलो भएको पनि नगरप्रमुख वडको दाबी छ । किंग्स कलेज काडमाण्डौका अनुसन्धान बिभागका प्रमुख चित्त रञ्चनज पाण्डेयले उपत्यका बाहिर यती ठूलो र महत्वपूर्ण सम्मेलन पहिलो पटक हुन लागेको बताए । उनले भने, ‘यस सम्मेलनको आफैंमा महत्व छ, धनगढी उपमहानगरपालीकाले गरेको यो सहासको हामी सम्मान गर्दछौं ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: