Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ईन्जिनियररिङ एसोसिएसनको सचिव पदमा लड्दै भट्ट

धनगढी, मंसिर ३ । नेपाल ईन्जिनियररिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा लोकतान्त्रीक समूहबाट इन्जिनियर रोशन भट्टले उम्मेद्वारी दिएका छन् ।

विगत ७ बर्षदेखि निर्माण र ईन्जिनियररिङ क्षेत्रमा सक्रिय रहेका भट्टले यही मंसिर २८ गते हुने गइरहेको र्निवाचनमा नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिब पदका लागि  उम्मेद्वारी दिएका हुन् ।

ईन्जिनियरिङ शिक्षालाई गुणस्तरी बनाउन, प्रदेशको विकासमा ईन्जिनियरिङ समुदायको सहाकर्य गर्न, ईन्जिनियरिङको हकहितका लागि सरकारसँग समन्वय गरि सुरक्षित र मर्यादित पेशा बनाउन सचिव पदमा उम्मेद्वारी दिएको भट्टले बताए ।

धनगढीको स्टेपिङ बोर्डिङबाट एसएलसी तथा नेपाल ईन्जिनियरिङ कलेज भक्तपुरबाट ईन्जिनियरिङ गरेका भट्ट राजेन्द्र निर्माण सेवाको प्रमुख कार्यकारी अधिकृत र आर।वि कन्सलटेन्सीको प्रबन्ध निर्देशक छन् ।

त्यस्तै, जिल्ला र प्रदेश निर्माण व्यावसायी संघको प्राविधिक सल्लाहाकार भट्ट नेपाल ईन्जिनियरिङ एसोसिएसन धगढीको च्याप्टरको पूर्व उपाध्यक्ष भइसकेका छन् ।

नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा उम्मेद्वारी दिएका भट्टले यसअघि विभिन्न संघ सस्थामा रहेर सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: