राज्यमन्त्री चौधरीको घुडाको सफल शल्यक्रिया वीर अस्पतालमा

काठमाणडौ,मंसिर ३।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीको घुडाको सफल शल्यक्रिया वीर अस्पतालको ट्रमा सेन्टरमा भएको छ ।

हिड्दा हिड्दै घुडा लक हुने समस्याले ग्रसित मन्त्री चौधरीले डाक्टरहरुको सल्लाहमा शल्यक्रिया गराएकी हुन । ट्रमा सेन्टरका वरिष्ठ डा.बिनोद सेरचनको टिमले सफल शल्यक्रिया गरेको राज्य मन्त्री चौधरीको स्वकीय सचिव ङामुङहाङ्ग मेनाङ्गबोले जानकारी गराएका छन्।

घुडा ठोकिएर घुडाको लिगामेन्ट भित्रको कुरकुरे हाड च्यातिएकाले घुडा लक हुने गरेको डा बिनोद सेरचनले जानकारी दिएका छन्। हाल मन्त्री चौधरीको अवस्था सामान्य रहेको र २/३ दिन पछी अवस्था हेरेर डिस्चार्ज दिने डा सेरचनले बताएका छन ।

कमेन्ट गर्नुहोस्