Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देउवा भन्छन्, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले गुट उपगुट छन्’

विराटनगर, मंसिर ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे ।

पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने बताए । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी संघले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गरे । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: