नेपालका सडक बालबालिका लाई युएई बाट सहयोग

युएई,मङ्सिर ४।नेपालका विभिन्न जिल्लामा रहेका सडक बालबालिकालाई जाडोमा न्यानो कपडा बितरण गर्न उदेश्य सहित युएई बाट सुरु गरिएको अभियानले पहिलो चरण अन्तर्गत काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा न्यानो कपडा बितरण गरेको छ।

सामाजिक संजाल (फेसबुकमा) निर्माण गरिएको “नेपाली इन युएई” नामक ग्रुप मार्फत सडक बालबालिकालाई सहयोग गर्न झन्डै एक महिना अघि बाट आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको थियोे।

ग्रुपका संचालकहरु बाट एकमुष्ट २० हजार रुपैयाँ कोषमा जम्मा गरि सुरु गरिएको अभियानले पहिलो चरण अन्तर्गत उपत्यकाको ठमेल,बसन्तपुर ,रामघाट मखन्, बिष्णुमती ,ज्याठा भेडासिंह,विर हस्पिटल आसपास लगाएतका ठाउँमा रहेका सडक बालबलिका ,अनाथ र वृद्धबृद्दालाइ समेटेर ५० थान ज्याकेट र २६ थान न्यानो टोपी गरि नेपाली ५० हजार रुपैयाँ बराबरको सहयोग गरिएको अभियानका संयोजक महेस थापाले जानकारी दिएका छन्।

न्यानो कपडा बितरण कार्यक्रममा प्रदीप थापा, नबिन बन्जरा,दिल निवास सेख शैलेस भुजु ,रमेश घिमिरे ,बिएन सापकोटा ,महेश बन्जरा,दिल सुनार ,सुबाश सापकोटा लगाएतले सहयोग गरेका थिए।

कमेन्ट गर्नुहोस्