Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जर्मनी र नेदरल्याण्ड्स बराबरीमा, नेदरल्याण्ड्स सेमिफाइनलमा सुरक्षित

काठमाडौं । युएफा नेसन्स लिग फुटबलमा जर्मनी र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् ।

गएराती जर्मनीमा भएको नेसन्स लिग ए– समूह एकको खेल २–२ गोलको बराबरीमा टुंगिएको हो ।

खेलमा जर्मनीका टिमो वेर्नर र लेरोए सानेले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–० को अग्रता दिलाए ।

तर अन्तिम ५ मिनेटमा नेदरल्याण्ड्सका क्वीन्सी प्रोम्स र भर्जिल भान डाईकले एक–एक गोल गर्दै नेदरल्याण्डसलाई कठिन खेलबाट एक अंक दिलाए ।

यो बराबरीसँगै नेदरल्याण्ड्सले समूहका तीन खेलबाट ७ अंक जोड्दै नेसन्स लिग फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

समान ७ अंक जोडेको विश्व विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा २ अंक मात्रै जोडेको जर्मनी नेसन्स लिग बी मा झरेको छ ।

नेसन्स लिग फुटबलको फाईनल चरणका खेल अर्को वर्ष हुनेछन् ।

फाइनल चरणमा नेदरल्याण्ड्ससँगै इङ्ल्यान्ड, पोर्चुगल र स्विट्जरल्याण्ड भिड्नेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: