Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुर्इ लाख मूल्य बराबरको भारतीय औषधि बरामद

गौशाला, मङ्सिर ४ ।

महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गएराति प्रहरीले करीब रु दुई लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ ।

भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

भारतमा कम मूल्यमा किनेर नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सो औषधि भन्सार छली गरी नेपाल ल्याउँदै गरेको खड्काले बताए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: