Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एक लाख ८० हजारको लागतमा विद्यार्थीले बनाए रोबोट

भद्रपुर, मङ्सिर ४ ।

झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् ।

कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ ।

सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए ।

कक्षा १० का अनिस दाहालले साथीसँग मिलेर ‘वाल्मिकी भर्सेस टेरोरिस्ट’ कम्प्युटर खेल प्रदर्शनीमा राखिएको छ । कक्षा ६ देखि १० सम्मका झण्डै २५० विद्यार्थीले बनाएका विज्ञान सामग्री प्रदर्शनीमा राखिएको विज्ञान शिक्षक निलम खरेलले बताए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: