Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दाइजोको कारण श्रीमानले काटिदिए श्रीमतीको जिब्रो

कानपुर, युपी, मंसिर ४ । एमटेकको पछि रुडकीदेखि पीएचडी गरिरहेका एक व्यक्तिले राक्षसी स्वभाव देखाएका छन्, आफ्नो श्रीमतीको जिब्रो नै काटिदिएर ।

मन–मस्तिष्क नै खलबलाइदिने यो घटना हो बर्रा थाना क्षेत्रको । एक लज्जास्पद कुरा के हो भने पीडित पक्षको बाबु पुलिसमा जागिरे रहेका छन् । उनकै बाबु आफ्नो छोरीको न्यायका लागि चौतर्फी भौतारिरहेका छन् ।

ओरापीको तर्कअनुसार श्रीमतीको बोली कैंचीजस्तै चलिरहने गर्दथे । आफुनो छोरीको साथ एसएसपीसम्म भेट्न पुगे पीडितका बाबु रामकिशोर शंखवारले बताएका छन् कि उनकी छोरी वन्दनाको विवाह २९ नोभेम्बर २०१९ को आकाशसँग भएका थिए ।

पीडितको आरोप यस्तो छ कि आकाश विवाह भएदेखि नै उनलाई दाइजोको लागि निकै यातना दिने गर्दथे । उनीमाथि सधैं कुटपिट गर्ने गर्दथे । ६ नोभेम्बरका दिन दिवालीभन्दा एक दिनअगाडि जबरजस्ती नशालु पदार्थ खुवाई पीडित पक्षको जिब्रो नै काटिदिएका थिए ।

पीडितले छिमेकीसँग सहयोगबाट आफ्नो घरमा खबर गरेकी थिइन् । बाबुका अनुसार उनले विवाहमा करिब १२ लाख रुपैयाँ खर्च गरेका थिए । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: