Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्थायी जागिर पाउन चाहनुहुन्छ भने यसरी पढ्नुहोस्

१. खाने, बस्ने, सुत्ने, उठ्ने तथा अध्ययन गर्ने निश्चित समय तालिका बनाई सोहीअनुसार गर्ने ।

२. अध्ययनका लागि सान्दर्भिक तथा उपयुक्त पाठ्य सामग्री छनोट गरी निरन्तर अध्ययन गर्दै सिलसिला मिलाई मुख्यमुख्य बुँदाहरू टिपोट गर्दै जाने।

३. एकैपटकमा सफल नहुन पनि सकिन्छ । अतः ‘फेलियर इज द वेस्ट सिजन टु सो द सिड्स अफ सक्सेस’ भन्ने भनाइलाई आफ्नो सफलताको मूल मन्त्र बनाउने । स्मरणमा राख्नुहोस् असफलताको अनुभव नै आगामी सफलताका लागि प्राप्त अनुपम उपहार हो ।

५. सम्झनुहोस् कि ‘लर्निङ इज द कन्टिनियस प्रोसेस द्याट रिमेन्स अन्टिल वी डाई ।

६. दैनिकरूपमा निरन्तर अध्ययन गरी सम्बन्धित अध्ययनपछि आफैंले आफ्नो मूल्यांकन गर्दै जाने ।

७. प्रारम्भिक चरणमा तोकिएको पाठ्यक्रमलाई अद्योपान्त स्मरण गर्ने र प्रयास गर्दै क्रस कटिङ इस्यूप्रति चनाखो रहने ।

८.पाठ्यक्रममा समेटिएका विषयवस्तुलाई समान महत्वका साथ अध्ययन गर्ने ।

वस्तुगत प्रश्नको हल गर्दा निम्न पक्षलाई मुख्य रूपमा ध्यान दिनुपर्छ :

१. ‘कि’ लेख्नुपर्ने उत्तरपुस्तिकामा आफूलाई परेको कि ए, बी, सी, डी वा यस्तै अन्य भए सो ध्यानपूर्वक हेरी उल्लेख गर्न नछुटाउने ।

२. दिइएका विकल्पमा नमिल्दा तथा मिल्ने सम्भावना बोकेका गरी दुई थरी अप्सन ग्रुपलाई पहिचान गरी नमिल्दालाई छोडी मिल्दालाई ध्यानपूर्वक अध्ययन गरी छनोट गर्ने ।

३. वस्तुगत प्रश्नको उत्तर लेख्दा वा अप्सनको बबल रंग्याउँदा होसियारपूर्वक लेख्ने र रंग्याउने ।

४. बौद्धिक परीक्षण बाहेकका वस्तुगत बहुउत्तर प्रश्नका नकारात्मक उत्तरबापत २० प्रतिशत अंक काटिने कुराप्रति सचेत रहने ।

५. प्रश्नमा कहिलेकाहीँ सुरुकै अप्सन पूर्णउत्तर हुन सक्ने पक्षलाई हेक्का राख्ने ।

६. बौद्धिक परीक्षण (आईक्यु टेस्ट)का लागि तोकिएका प्रश्नमा कुन अवस्थामा कुन कुन लजिकले काम गर्छ, सोलाई विशेष ध्यान दिने ।

विषयगत उत्तर कसरी लेख्ने ?

१.सम्बन्धित शीर्षक-विषयका पछिल्ला तथा विश्वव्यापी मुद्दालाई लिंक गरी सिलसिलेबार टिपोट गर्दै जाने,

२.मुलुकको विद्यमान संविधान, निजामती सेवा तथा अन्य संगठित संस्थाका ऐन, नियम÷विनियम तथा अन्य कानुनको अध्ययन गर्दा तिनका महत्वपूर्ण पक्ष तथा विगतमा भन्दा थप भएका विषयवस्तुमा जोड दिँदै स्मरण गर्दै जाने,

३.दिइएका प्रश्नमा प्रस्तुत भएका प्रश्न शब्द के के हुन्, तिनको पहिचान गरी मागेको तथा खोजेको जवाफ मात्र लेख्ने न कि सो शीर्षकमा जानेका सबै कुरा ।

४. समय व्यवस्थापनमा ध्यान दिने । अंकभार हेरी प्राप्त समयमा मागेको उत्तर सरल तथा मौलिक रूपमा दिने।

५. उत्तर लेख्दा प्रस्तुतिलाई भरसक सरल, सटिक तथा मिठासपूर्ण बनाउने ।

६. प्रश्नले कुनै विषयको प्रभाव-असर मागको अवस्थामा सोको सकारात्मक तथा नकारात्क दुवै पक्षलाई सम्बोधन गर्ने ।

७. अक्षर सबैको राम्रो र सुन्दर हुनुपर्छ भन्ने छैन । तर, सफा, स्पष्ट र बुझिने गरी लेखिएको हुनुपर्छ ।

८. सम्झनुहोस् कि जसले फरक किसिमले अभिव्यक्त गर्छ, ऊ सफल हुन्छ ।

अतः लेखन अभिव्यक्ति मार्फत प्रस्तुत गर्ने तपार्इंको पहिचान अरूको भन्दा फरक र मौलिक खालको देखाउनुहोस् ।

अन्त्यमा,

कुनै पनि पदका लागि दरखास्त पेस गर्दा समयमैै गर्ने, परीक्षाको दिन परीक्षा केन्द्रमा समयमा पुग्ने, आफूलाई तनाव र अति दबाबमुक्त राख्ने र दृढतासाथ परीक्षा हलमा बसी आफूलाई उच्च मनोबलयुक्त राखिरहने

९. लिखित परीक्षबाट उत्तीर्ण भइसकेपश्चात् प्रयोगात्मक परीक्षा तथा सामूहिक परीक्षण परीक्षामा समेत आफूलाई अब्बल रूपमा प्रस्तुत गर्ने तथा प्रत्यक्ष व्यक्तिगत मौखिक अन्तर्वार्ताका क्रममा सुहाउँदिलो औपचारिक पोसाक तथा आफ्नो व्यक्तित्व सुहाउँदो हाउभाउ तथा आत्मविश्वासका साथ आफूलाई शालीन, शिष्ट, सन्तुलित र तार्किक व्यक्तिका रूपमा अन्तर्वार्तामा समितिका सदस्यसामु प्रस्तुत गर्ने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: