Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कलंकी–नागढुंगा सडकखण्डमा विद्युत् कटौती

काठमाडौँ, मङ्सिर ४ ।

सडक विस्तार कार्यलाई सहयोग पुर्याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलंकी–नागढुंगा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ ।

सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीन थाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने विद्युत् कटौती हुने छ ।

यस्तै तीनथाना, नैकाप, सतुङ्गल लगायतका क्षेत्रमा आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने छ । तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालनमा आउन सक्ने प्राधिकरणले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: