Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चाकडी र घुस दिन नसक्ने पत्र मन्त्रीलार्इ लेख्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

काठमाडौं, मंसिर ४ ।

वीर अस्पतालका न्यूरो सर्जरी यूनिट प्रमुख प्राडा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।

प्रा.डा.अधिकारीले सोमबार लेखेको खुल्ला राजीनामा पत्र यतिबेला सामाजिक सञ्जालमा भार्इरल बनेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यदवलार्इ पत्र लेख्दै प्रा.डा.अधिकारीले आफू चाकडी र मागे जति घुस रकम पुर्याउन सक्षम नरहेको बताएका छन् ।

विना तलब एक वर्षदेखि कार्यरत अस्पतालको खाली पोष्टमा आफूलार्इ प्रतिस्थापन गर्न घुस र चाकडी गर्नुपरेको प्रा.डा.अधिकारीले पत्रमा लेखेका छन् । घुस र चाकडी कसले कति मागेका थिए भन्नबारे अधिकारीले पत्रमा भने खुलाएका छैनन् ।

मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: