Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रासायनिक मल बिक्री

पोखरा, मङ्सिर ४ ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आवको पहिलो चौमासिकमा ६११ दशमलव २०० मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।

कार्यालयले यस आवका लागि विभिन्न ६० वटा सहकारीलाई सूचीकृत गरेकामा ती सहकारीमार्फत युरिया, डिएपी र पोटास बिक्री भएको कामु शाखा प्रबन्धक मुरलीमोहन रेग्मीले जानकारी दिए ।

उहाँका अनुसार यस चौमासिकमा युरिया ४४१ दशमलब ८५० मेट्रिकटन, डिएपी १४७ दशमलब २५० मेट्रिक टन र पोटास २२ दशमलव १०० मेट्रिक टन बिक्री भएको छ । कार्यालयमा युरिया ७४ दशमलब ६०० मेट्रिक टन र डिएपी ३२ दशमलब ७५० मेट्रिकटन मौज्दात बाँकी रहे पनि पोटास मौज्दात नरहेको उनले जानकारी दिए ।

कार्यालयबाट कात्तिक महिनामा ४१ दशमलब ४०० मेट्रिकटन युरिया र ६२ डिएपी ६२ मेट्रिक टन बिक्री भएको जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: