बलिउडमा सबैभन्दा महँगी अभिनेत्री कंगना

बलिउडमा अभिनेता अभिनेत्रीको पारिश्रमिकको विषयमा निकै चर्चा हुन्छ ।

चलचित्र पद्मावतको प्रदर्शनसँगै दीपिका पादुकोण सर्वाधिक महँगी अभिनेत्री भएकी थिइन् । उनले त्यसमा लिएको रकम उक्त मितिसम्म अन्य अभिनेत्रीले लिएका थिएनन् ।

हालै बलिउड क्विन कंगना रणावतले दीपिकालाई उछिनेको बताइन्छ । कंगनाले ‘मणिकर्णिकाः दि क्विन अफ झाँसी’ का लागि २२ करोड पारिश्रमिक बुझेकी छिन् । यो रकम हालसम्म बलिउडका कुनै पनि अभिनेत्रीले लिएका छैनन् ।

याे पनि पढ्नुस  मृत्युपछि श्रीदेवीको इच्छा पूरा, राष्ट्रिय अवार्ड थाप्न स्टेजमा बाेनी कपुर

चलचित्र पद्मावतका लागि दीपिकाले १२ करोड पारिश्रमिक बुझेकी थिइन् । कंगनाको नयाँ चलचित्र मणिकर्णिकार आगामी वर्षको जनवरी २५ मा प्रदर्शनमा आउँदै छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्