Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खुट्टा भाँच्चिएपछि अभिनेता विपिन कार्की अस्पताल भर्ना

काठमाडौं, मंसिर ४ । अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । केहि दिन अघि देखि सुरु भएको चलचित्र ‘जात्रै जात्रा’ को छायाकंनमा व्यस्त रहेका विपिन मंगलबार बिहान बालाजु जाँदै गर्दा कालीमाटीमा दुर्घटनामा परेका हुन् ।

बाइकमा गईरहेको समयमा पछाडिबाट अर्को बाईकले ठक्कर दिएपछि दुर्घटना भएको विशेष स्रोतले जनाएको छ । दुर्घटनामा परेका विपीनको उनको दाहिने खुट्टा भाँच्चिएको छ । अहिले उनको बल्खुस्थित वयोधा हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: