Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सम्झनामा प्रकाशः भाईले आफ्नो स्वार्थका लागि कहिल्यै काम गरेन– दिदी रेनु दाहाल

दिदी÷मेयर, भरतपुर महानगरपालिका । हामी चार जना सन्तानमध्ये ऊ कान्छो सन्तान हो । हामी तीन दिदीहरुको प्यारो भाई थियो । मभन्दा ५ वर्ष कान्छो थियो ऊ । हामी चार जना सन्तानहरु सानै हुँदादेखि नै बुवा ‘होल टाइमर’ भएर पार्टीमा लाग्नुभएको थियो । म दुई वर्षको हुँदादेखि नै मामाघरमा बस्थें । म मामाघरमा हुँदादेखि नै प्रकाश कहिलेकाहीँ आउने गर्दथ्यो ।

हामी सानै हुँदादेखि नै हाम्रो परिवार राजनीतिमा लागिसकेको थियो । ऊ ७ कक्षा पढ्दाखेरि नै जनयुद्ध सुरु भयो । जनयुद्ध सुरु भएदेखि पढ्ने स्थिति नै भएन । पढ्नका लागि हामीलाई कुनै अनुकूल वातावरण थिएन ।

क्रान्ति गर्ने हो, परिवर्तन ल्याउने हो भन्ने स्कुलिङ हामीलाई थियो । त्यतिबेला म पनि १० कक्षा पढ्दै थिएँ । पार्टीले मेरो र बहिनीको विवाह गरिदियो । विवाह गरिदिएपछि मकहाँ राखेर पढाउने भन्ने कुरा भयो । भाई प्रकाश ८ कक्षादेखि १२ कक्षासम्म मेरोमा बसेर पढाइ अघि बढायो ।

भाई बच्चैदेखि नै राजनीतिमा होमिन पुग्यो । प्रकाश सानै हुँदादेखि नै बुवा पूर्णकालीन रुपले पार्टीमा लाग्नुभएको थियो । हाम्रो घरमा नेता, कार्यकर्ता आउने जाने चलि नै रहन्थ्यो । ऊ १२ कक्षा पढ्दापढ्दै नै पूर्ण रुपले राजनीतिमा लाग्यो ।

सानैदेखि प्रकाश ज्ञानी स्वभावको थियो । नयाँ–नयाँ काम गर्न ऊ एकदम इच्छुक हुने उसको स्वभाव थियो । केही पनि काममा ऊ पछाडि नहट्ने, जस्तोसुकै काम गर्न पनि तम्सिने उसको बानी थियो । वास्तवमा हाम्रो शिक्षा त्यति सजिलो भएन । कहिले चितवन त कहिले काठमाडौं, यसरी नै हामी पढ्दै छाड्दै गर्नुप¥यो । काठमाडौंमा डेरा सर्दै हिंडिरहनुपर्ने बाध्यता थियो ।

जे–जस्तो भएपनि पढ्नमा भाइ ठीकै थियो । तर, नयाँ–नयाँ काम गर्न बढी इच्छुक थियो । उसको सबैभन्दा बढी चाहना बोर्डिङ स्कुलमा पढ्ने थियो । टाइसुट र जुत्ता लगाएर बोर्डिङमा पढ्ने उसको अत्यन्त धेरै चाहना थियो । तर, विविध कारणले त्यो पूरा भएन । हामी चारै जनाले सरकारी स्कुलबाटै शिक्षा लियौं ।

भाई बच्चैदेखि नै राजनीतिमा होमिन पुग्यो । प्रकाश सानै हुँदादेखि नै बुवा पूर्णकालीन रुपले पार्टीमा लाग्नुभएको थियो । हाम्रो घरमा नेता, कार्यकर्ता आउने जाने चलि नै रहन्थ्यो । ऊ १२ कक्षा पढ्दापढ्दै नै पूर्ण रुपले राजनीतिमा लाग्यो । बुवासँगै कहिले रोल्पा जाने त कहिले कता, यस्तै हुँदाहुँदै ऊ सक्रिय रुपले राजनीतिमा होमिसकेको थियो । भाइले जहिले पनि पार्टी र बुवाको चिन्ता गर्ने ।

पछिल्लो समय बुवाको सचिवालयलाई मजबुत र व्यवस्थित बनाउन उसले दिनरात मेहेनत गरेको थियो । हामीलाई के लागेको थियो भने ‘भाइ परिपक्व भइसक्यो र पार्टीको निडर सिपाहीजस्तै काम गर्नसक्ने भयो ।’ प्रहरी सुरक्षाकर्मीलाई पनि सही ढंगबाट कमाण्ड गर्न सक्दथ्यो प्रकाश ।

पार्टीलाई कसरी मजबुत बनाउने र बुवालाई कतैबाट कुनै किसिमको आरोप प्रत्यारोप आउन नदिन र सफल बनाउन ऊ सधैं गम्भीर भएर लाग्ने गर्दथ्यो । प्रकाश जहिले पनि बुवालाई आँच आउन नदिन सधैं बुवाको पछाडि लागिरहेको हुन्थ्यो । बुवालाई सफल बनाउन हरतरहले खटिने गर्दथ्यो र सचेत हुन्थ्यो ।

हुन त उसको स्वभाव दयालु थियो । तर, परिआएको बेला काममा कडा भएर प्रस्तुत हुनसक्ने खालको पनि थियो । पछिल्लो समय बुवाको सचिवालयलाई मजबुत र व्यवस्थित बनाउन उसले दिनरात मेहेनत गरेको थियो । हामीलाई के लागेको थियो भने ‘भाइ परिपक्व भइसक्यो र पार्टीको निडर सिपाहीजस्तै काम गर्नसक्ने भयो ।’ प्रहरी सुरक्षाकर्मीलाई पनि सही ढंगबाट कमाण्ड गर्न सक्दथ्यो प्रकाश ।

जसले प्रकाशलाई नजिकबाट बुझेको छैन, उनीहरुले सुनेको भरमै उसको नकारात्मक टिकाटिप्पणी गर्ने गर्दथे । जसले उसलाई नजिकबाट चिनेको छ, उनीहरुले प्रकाश कस्तो हो भनेर बुझिसकेका हुन्थे । प्रकाशको वास्तविक चरित्र के हो र ऊ कस्तो स्वभावको मान्छे हो भन्ने कुरा उसँग सङ्गत गर्ने र सहकार्य गर्नेहरुले राम्ररी बुझेका थिए ।

राजनीतिक हिसाबले ‘म यो हुन्छु, त्यो हुन्छु’ भन्ने भाइले कहिल्यै सोचेन । उसले आफूलाई कहिल्यै केन्द्रविन्दुमा राखेन । बुवालाई एक सफल राष्ट्रिय नेता बनाउने कुरामै उसको ध्यान थियो । त्यसरी हेर्दा प्रकाशमा राजनीतिक परिपक्वता थियो ।

हावादारी, नबुझेर सोसल मिडियामा आएका कुराहरुकै भरमा आफ्नो दृष्टिकोण बनाइहाल्ने जुन प्रवृत्ति केही मान्छेहरुमा थियो, त्यसले समाजमा भ्रम सिर्जना गरेको थियो । प्रकाशले आफ्ना लागि भन्दा पनि समग्र पार्टी र बुवाका लागि काम गर्दथ्यो । वास्तवमा भन्ने हो भने भाइले आफ्नो व्यक्तिगत हितका लागि केही पनि गरेन ।

पार्टी र बुवाको लागि उसले जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्थ्यो । उसको समग्र विषयवस्तु बुझ्नेहरुले उसलाई एक परिपक्व, गम्भीर र लगनशील युवा व्यक्तित्व व्यक्ति मानेका थिए । प्रकाशले आफ्नो व्यक्तित्व पनि उचाइमा पु¥याइसकेको थियो । आम युवा पङ्क्तिमाझ राम्रो प्रभाव छाड्न सफल भएको थियो ।

उसले त पार्टी र बुवाको सफलतालाई नै बढी ध्यान दिएको थियो । आफू म के हुन्छु भन्ने कहिल्यै पनि सोचेको थिएन प्रकाश । राजनीतिक हिसाबले ‘म यो हुन्छु, त्यो हुन्छु’ भन्ने भाइले कहिल्यै सोचेन । उसले आफूलाई कहिल्यै केन्द्रविन्दुमा राखेन । बुवालाई एक सफल राष्ट्रिय नेता बनाउने कुरामै उसको ध्यान थियो । त्यसरी हेर्दा प्रकाशमा राजनीतिक परिपक्वता थियो ।

भाइको निधन हाम्रा लागि अकल्पनीय पीडा हो । तर, अब शोकलाई शक्तिमा बदल्नुबाहेक हामीसँग अर्को बिकल्प छँदै छैन ।

जे–जस्तो भएपनि आज भाइको भौतिक शरीर हामीमाझ रहेन । तर, उसले गरेको त्याग र बलिदान हाम्रा लागि सधैं स्मरणीय नै रहनेछ । प्रकाशको निधन आज पनि हाम्रो लागि सपनाजस्तै भएको छ ।

परिवारका लागि त छँदैछ, सिंगो पार्टीमा समेत उसको निधनले अपुरणीय क्षति पुगेको छ । भाइको निधन हाम्रा लागि अकल्पनीय पीडा हो । तर, अब शोकलाई शक्तिमा बदल्नुबाहेक हामीसँग अर्को बिकल्प छँदै छैन । भाइका सपना साकार पार्न हामी जीवनपर्यन्त लागि रहनेछौं । हार्दिक श्रद्धासुमन प्रिय भाइ प्रकाश !

कमेन्ट गर्नुहोस्

%d bloggers like this: