Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सन्दीप पाकिस्तान प्रिमियर लिगमा पनि छनोट, ५० लाख बढी पारिश्रमिक !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनबाट छनोट भएका छन् । उनी लाहोर क्लान्डर्स क्लबमा छनोट भएका हुन् । सन्दीप गोल्ड क्याटागोरीबाट छानिएका छन् ।

डाइमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी ४ वर्गमा खेलाडीको वर्गीकरण गरिँदा सन्दीप विदेशी खेलाडी कोटाबाट गोल्ड क्याटागोरीमा परेका थिए भने पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका सोमपाल सिल्भर क्याटेगोरीमा छन् ।

सन्दीप छनोट भएसँगै उनले ५० र ५७ लाखको बीचमा पारिश्रमिक पाउने छन् । यस्तै, सिल्भर विधामा रहेका सोमपालमाथि बोली लागेमा उनको न्यूनतम मूल्य २२ हजार डलर रहेको छ । पछिल्लो पटक एकपछि अर्को विदेशी लिगहरुमा व्यस्त सन्दीप यतिबेला दुबईमा हुने टी–१० क्रिकेट लिग खेल्न गएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: