Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जनसभाबारे जानकारी दिन नेकपाकाे पत्रकार सम्मलेन, विप्लव सार्वजनिक होलान् ?

काठमाडौ, मंसिर ४ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारीकाबारे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने भएको छ।

जनसभा र प्रदर्शनको तयारीबारे मंसिर ५ दिउँसो १ बजे रिपोर्टर्स क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने भएको हो ।

जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि काठमाडौंमा आयोजित प्रचारप्रसार उपसमितिको बैठकमा पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’, पार्टी पिविएम अनिल विरहीको विशेष उपस्थितिमा बसेको बैठकले कार्यक्रमबारे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

आगामी ८ गतेको जनसभा तथा प्रदर्शनको लागि प्रचारप्रसारलाई आक्रमक ढंगले देशव्यापी गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलन सयोजक रहेको उपसमितिले प्रचारप्रसारलाई व्यवस्थित गर्न विभिन्न चरणका छलफल तथा बैठक समेत बस्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: