Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

३९ ट्र्याक्टर अख्तियारको फन्दामा

बाँके, मंसिर ४ । राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ ।
राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।

आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।

अख्तियारले सक्रियता देखाएको भए पनि कारवाहीका लागि प्रहरीको कार्यक्षेत्रमा पर्ने जानकारी दिँदै सूचना अधिकारी शर्माले अनुसन्धानका क्रममा जिससको संलग्नता पाइए भ्रष्टाचारको मुद्दा चलाइने बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बालुवा भरिरहेका ट्र्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिए । नियन्त्रण गरिएका ट्र्याक्टर जीर्ण सडकका कारण बीच बाटोमै फसेकाले सदरमुकाम ल्याउन कठिनार्इ भएको उनले बताए । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: