BREAKING- अफगानिस्तानमा बम विस्फोट, ५० जनाको मृत्यु

काबुल, एजेन्सी । अफगानिस्तानमा आत्मघाती बम विस्फोटबाट ५० जनाको ज्यान गएको छ। मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै बम विस्फोट गराइएको अफगानको गृह मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा कम्तीमा पनि ६० जना भन्दा बढी घाइते भएका छन्। घटनास्थलमा कम्तीमा एक हजार जना उपस्थित रहेको बीबीसीले जनाएको छ।

याे पनि पढ्नुस  आत्मघाती बम आक्रमणमा १९ जनाको मृत्यु

घटनाको जिम्मेवारी कसैले लिएको छैन्। अफगानिस्तानमा तालिबान लगायत आतंकवादी समूहले बेला बेला बम विस्फोट गराउँदै आएका छन्।

कमेन्ट गर्नुहोस्