युएईमा एटीएम कार्ड सम्बन्धि नयाँ नियम,इमिरेट्स आइडी अद्यावधिक नगर्दा सम्म कारोबार बन्द

युएई,मङ्सिर ४। युएईमा बैंक एटीएम कार्ड सम्बन्धि नयाँ नियम लागू भएको छ।

युएईको केन्द्रिय बैंक तथा वित्तीय सस्थाहरुले बैंकिङ कारोबार सम्बन्धि डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता हरुलाइ आफ्नो बैंक रेकर्डमा अनिवार्य युएईको इमिरेट्स आइडी अद्यावधिक गर्न आउँदो फेब्रुअरी २८ तारीख सम्मको समयसिमा निर्धारण गरेको जानकारी दिएका छन्।

याे पनि पढ्नुस  एनआरएन स्वास्थ्य समितिद्वारा मध्यपूर्वमा काउन्सिलिंग सेवा दिने तयारी

नोबेम्बर महिनाको सुरुवातमा जारी गरिएको परिपत्रमा, संयुक्त अरब इमिरेट्सको केन्द्रीय बैंकले बैंकिङ वित्त कम्पनीहरूलाई नयाँ नियम सम्बन्धि जानकारी गराइसकेको हुँदा आउँदो फेब्रुअरी २८ भित्र सबैले आफ्नो रेकर्डमा इमिरेट्स आइडी अद्यावधिक गर्न असफल भएमा एटीएम कार्ड बाट रकम फिर्ता लिन वा प्रत्यक्ष डेबिट लेनदेन सञ्चालनमा असक्षम हुने र फेब्रुअरी २८ पछि कार्डको प्रयोग बन्द गरिने गल्फ न्युजमा खबर छ।

याे पनि पढ्नुस  युएईमा एक नेपालीको ब्रेन ड्यामेज, २५ दिनदेखि कोमामा

गत बर्ष देखि नै नयाँ नियम सम्बन्धि अभ्यास जारी रहेको भए पनि हालसम्म पुर्णता पाउन नसकेपछि समय सिमा तोकेर लागिएको समाचारमा उल्लेख छ।
एटीएम कार्डहरूको अस्थायी निलम्बनमा परेका ग्राहकहरुले खाताबाट सीधा रकम फिर्ता लिन प्रत्यक्ष रूपमा बैंकको शाखा काउन्टरमा सम्पर्क गरि रकम झिक्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्