Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युएईमा एक नेपालीको दुबै मृगौला फेल,सहयोगको लागि अपिल

युएई,मङ्सिर ५। रोजगारीका लागि युएई आएका
एक नेपालीको दुबै मृगौला फेल भएको छ।

युएईको राजधानी आवुधावीस्थीत एक कम्पनीमा बिगत २ बर्ष देखि कार्यरत चितवन,रत्ननगर नगरपालिका टाँडीका २५ बर्सिए सुमन परियारको दुबै मृगौलाले काम गर्न छाडेपछि बिगत एक हप्ता देखि परियार अबुधाबी स्थित खलिफा अस्पतालमा उपचाररत रहेका छन्।

सुरुमा खानमन नलाग्ने र बान्ता हुने भएपछि उनले ग्यास्ट्रीक भएको भन्दै वास्ता नगरेपनि लगातार उल्टि हुन थालेपछि उनलाई साथीहरूले अस्पतालमा पुर्याएका थिए।अस्पतालमा रगत जचाँएर फर्किएका भएपनी रातिनै पुन अस्पताल आउन भनेपछि उनी अस्पताल पुगेका थिए ।त्यहा उनलाई आकस्मिक कक्षमा राखेर उनको उपचार सुरु गरेपछि दुबै मृगौलाले काम गर्न छाडेको डाक्टरले बताएका हुन्।

कम्जोर आर्थिक अवस्थाका कारण रोजगारीका लागि आएका परियार आफै अस्पतालको बेडमा जीवन र मृत्यु संग जुध्न थालेपछि उनको परिवारमा थप पीडा परेको छ।

तत्काल बचाउनको लागि अस्पतालमा पाँच पटक डायलासिस भइसकेको भए पनि मृगौला प्रत्यारोपण नगरी उनि बाच्न सक्ने छैनन्। यसको लागि उनी स्वदेश फर्किएर उपचार गराउन चाहाने बताउछन।
परिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको हुँदा उपचारमा लाग्ने रकम जुटाउन नसक्ने भन्दै परियारले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु माझ सहयोगको अपिल गरेका छन।

उनलाई सहयोग गर्न चाहनेले चितवनमा सुमनका बुबा शितलबाबु परियारलाई ९८४५४०६३५४ र आमा चन्दा परियारलाई ९८४५५२३३१९ मा सम्पर्क गरेर सहयोग गर्न सकिन्छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: