Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पोर्चुगल र पोल्याण्ड बराबरीमा, स्वीडेनले हरायो रुसलाई

काठमाडौं । युएफा नेसन्स लिग फुटबलमा गएराति पोर्चुगललाई पोल्याण्डले बराबरीमा रोकेको छ ।

यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको पोर्चुगल लिग चरणको अन्तिम खेलमा पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा आन्द्रे सिल्भाको गोलबाट पोर्चुगलले अग्रता लिए पनि ६३ औं मिनेटमा पोल्याण्डले बराबरी गर्‍यो ।

पोलिस टिमका लागि मिलिकले पेनाल्टीमार्फत उक्त गोल गरेका हुन् ।

बराबरीपछि लिग ए को समूह ३ मा रहेको पोर्चुगलको ४ खेलबाट ८ अंक पुग्यो । पोल्यान्डले २ अंक मात्र जोड्न सक्दा ५ अंक जोडेको इटाली दोस्रो स्थानमा रह्यो ।

गएराति भएको नेसन्स लिग बी को समूह २ को खेलमा स्वीडेनले रुसलाई २–० ले पराजित गर्दै अर्काे चरणमा प्रवेश गर्न सफल भयो ।

समान ७ अंक भए पनि रुसलाई गोल अन्तरमा पछि पार्दै स्वीडेन अर्काे चरणका प्रवेश गर्न सफल हुँदा तेस्रो स्थानको टर्की तल्लो चरणमा झर्‍यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: