Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मंगलबारदेखि प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता सुरु

काठमाडौं, मङ्सिर ५ ।

प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ ।

नेपाल बक्सिङ सङ्घको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताको मंगलबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम छ। प्रतियोगिता ८ गतेसम्म चल्ने सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिए । प्रतियोगितामा यू–१९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० किलो तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता संयोजक एवं राखेप सदस्य अर्जुनबहादुर केसीका अनुसार प्रतियोगितामा महिला २४ वर्षमुनि ४८, ५१, ५४, ५७ ,६० र ६४ किलो तौल समूह समेत समावेश गरिएको छ ।

पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९,७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने सो प्रतियोगिताका लागि रु २५ लाख बजेटको व्यवस्था गरिएको अध्यक्ष अवालेले जानकारी दिए । प्रत्येका तौल समूहका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: