Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पुलबाट खसेर मृत्यु

चितवन, मङ्सिर ५ ।

भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा मंगलबार बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भङ्गाहा पुलमाथि सुतेका कुमाल पुलबाट खसेका हुन् ।

कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: