Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुपरस्टार अमिताभ वच्चन किसानहरुका लागि बने भगवान !

बलिउड सुपरस्टार अमिताभ बच्चनले किसानको ऋण तिरिदिएका छन् । उनले किसानको ४ करोडभन्दा बढी ऋण तिरिदिएका हुन् ।

मंगलबार अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका छन् उनले १ हजार ३ तीन सय ९८ किसानकोे ऋण तिरिदिएर जिम्मेवारी उठाएका छन् । उनले लेखेका छन् ‘एक काम पूरा भयो ।’ सबै किसान उत्तर प्रदेशका हुन् ।

उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियासँग सम्झौता गरेर तिरिएको थियो । उनले २६ नोभेम्बरमा आफैँले किसानहरुलाई बैंकको ऋण भक्तानको पत्र दिनेछन् ।

बच्चनले ऋण भूक्तानको पत्र दिनका लागि ७० जना किसानलाई मुम्बई बोलाएका छन् । उनीहरुलाई मुम्बई ल्याउनका लागि ट्रेनको एक डिब्बा बुक गरेको बताइएको छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: