Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भरुवा बन्दुकसहित एकजना पक्राउ

सुर्खेत, मङ्सिर ५ ।

प्रहरीले भरुवा बन्दुकसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।

बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो ।

बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने उजले बताए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: