बलात्कारीलार्इ ८ वर्ष जेल सजायँ

गाईघाट, मङ्सिर ५ ।

उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ ।

जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो ।

याे पनि पढ्नुस  अनुसन्धान अझै अनुत्तरित, डीएनए परीक्षणको वैधानिकतामाथि समेत प्रश्न ?

सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा ८ वर्ष जेल सजाय तोक्नाका साथै पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

याे पनि पढ्नुस  दुई जेठाजुको यस्तो हर्कतः बारम्बार बलात्कार गरेको बुहारीको खुलासा

असार १९ गते तामाङले बालिकासँग जबर्जस्ती बालविवाह गरी करणी गरेका थिए ।

गत असार २२ गते पीडित बालिकाको पक्षबाट इलाका प्रहरी कार्यालय कटारीमा तामाङविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी बालविवाह र जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो । रासस

कमेन्ट गर्नुहोस्