ब्यवसायिक तरकारी खेती तालिम सम्पन्न

काठमाडौं, मंसिर ५ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३५ जना ग्राहक सदस्यहरुको सहभागितामा कार्तिक २७ गतेदेखि २९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा ‘व्यवसायिक तरकारी खेती तालिम’ सम्पन्न भएको संस्थाका जोशीपुर शाखाका प्रमुख प्रेमप्रसाद शर्मा चापागाईले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु हिरा लाल चौधरी, शंकर प्रसाद न्यौपाने र प्रेम प्रसाद शर्मा चापागाई रहेका थिए ।

तालिम उदघाटन पहिलो सत्रमा सभापति निर्धन उत्थान लघुवित्त वित्तिय संस्था क्षेत्रीय कार्यालय अत्तरीयाका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले उपस्थित सबैलाई स्वागत गर्दै सीपमूलक तालिम साथै स्व–परियोजना संचालनका लागि कर्जा दिइ स्वरोजगार बनाउनमा यस संस्थाले पहल गरी रहेको जानकारी गराएका थिए ।

यस संस्थाले दिएको तालिममा सहभागी सबै सदस्यहरुले व्यवसाय गरी आय आर्जन गर्दै सफलतातर्फ अगाडि बढेमा आगामी दिनमा पनि विभिन्न किसिमका सीपमूलक तालिम थप संचालन गर्ने जानकारी गराएका थिए । एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिइ व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका जोशीपुर शाखाका प्रमुख चापागाईले बताएका थिए ।

याे पनि पढ्नुस  मेयर सियाराम कुसवाह पक्राउ

संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विनसम्ममा लगानीमा रहेको कर्जा रु.१६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यका रु.८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । तरकारी खेती गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका जोशीपुर शाखाका प्रमुख चापागाईले जानकारी गराएका थिए ।

कार्यक्रम समापन सत्रमा सहभागी लक्ष्मी कुमारी चौधरीले तालिमको मूल्याकंनको क्रममा यस ३ दिने तालिमबाट आफूलाई आवश्यक पर्ने कुराहरु सिक्नुका साथै ब्यवसाय गर्न प्रेरणा मिलेको र सिकेको कुराहरुलाई आफ्नो जीवनभर लागू गरी स्वरोजगार बन्ने र आफ्नो छिमेकमा अरुलाई पनि सिकाउने प्रतिवद्धता ब्यक्त गरेका थिईन् । सहभागीका तर्फबाट श्रीमती रेनुका डगौराले तालिमको मूल्यांकनमा यस तालिमले आफूमा नयाँ जोश र जाँगर पलाएको र अब श्रीमान्को भरमा मात्र नरही लिएको तालिमलाई पूर्ण सदुपयोग गर्दै स्वरोजगार रही आफ्ना दिदीबहिनीहरुलाई समेत व्यवसाय संचालन गर्न जागरुक बनाउने भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरुको अपेक्षा राख्दै यस संस्थालाई धन्यवाद दिएकी थिईन् ।

याे पनि पढ्नुस  लागूअौषध र पेस्तोलसहित दुई पक्राउ

तालिमको समापनमा समापन सत्रका प्रमुख अतिथी अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपाने आफ्नो अमूल्य मन्तब्य दिनुका साथै उपस्थित सम्पूर्ण सहभागीहरुलाई आफूले सिकेका सीपलाई सदुपयोग गरी ब्यवसायिक रुपमा ब्यवसाय संचालन गर्न सुझाएका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइ रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।

याे पनि पढ्नुस  मापदण्ड विपरित सञ्चालित पेट्रोल पम्प हटाइने

यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइ रहेको कुरा यसै संस्थाका क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख न्यौपानेले तालिममा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्